रुपन्देही ४ मा लम्साल र नवलपरासीबाट जिसीको उम्मेदवारी घोषणा

605

रुपन्देही ४ मा लम्साल र  नवलपरासीबाट जिसीको उम्मेदवारी घोषणा

hari lmsalबुटवल,/ नेपाली कांग्रेसको १३ औं महाधिवेशन अन्तरगत गाउँ, नगर वार्ड तथा नगर अधिवेशन सम्पन्न भईसकेपछि क्षेत्रीय अधिवेशनको माहोल सुरु भएको छ ।
यहि माघको १५ गतेदेखि नेपाली कांग्रेसको १३ औं महाधिवेशन शुरु भएको थियो । यहि माघको २२ गते निर्वाचन क्षेत्र अन्तरगतका क्षेत्रीय समितिको अधिवेशन हुँदैछ । क्षेत्रीय अधिवेशनले क्षेत्रीय पदाधिकारी तथा महाधिवेशन प्रतिनीधि र महासमिति सदस्य चयन गर्नेछ । क्षेत्रीय अधिवेशन नजिकिंदै गर्दा रुपन्देही क्षेत्र नं. ४ को सभापति पदमा हरि लम्सालले आफ्नो उमेद्वारी घोषणा गर्नुभएको छ ।
लामो समय पत्रकारिता क्षेत्रमा क्रियाशिल नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्ष तथा नेपाल प्रेस युनियनका पूर्व केन्द्रिय उपसभापति समेत रहनुभएका लम्सालले अवको यात्रा राजनीतिमा सक्रिय रहेर काम गर्ने र पार्टीमा देखिएको गुट उपगुटको अन्त्य गर्नकालागि आफ्नो उमेद्वारी भएको बताउनु भयो ।
बुधबार बुटवलमा पत्रकार सम्मेलन आयोजना गरि आफू संगै टिममा सविच र कोषाध्यक्ष पदको समेत उमेद्वारी घोषणा गर्नु भएको छ । उहाँको टिमबाट सचिव पदमा बुटवल उपमहानगरपालिका वार्ड नं. २२ का जोगबहादुर खत्री (बिक्रम) र कोषाध्यक्ष पदमा सैनामैना नगरपालिका वार्ड नं. २ का राजबहादुर क्षेत्रीले उमेद्वारी घोषणा गर्नुभएको हो । यस क्षेत्रबाट निर्वाचित क्षेत्रीय प्रतिनीधि, नगर, तथा वार्ड सभापति र कांग्रेसका नेता कार्यकर्ताहरुको उपस्थितीमा आयोजित पत्रकार भेटघाटमा उमेद्वारी घोषणा गर्दै लम्सालले नेपाली कांग्रेसको संस्थागत बिकास, सांगठनिक सुदृणिकरण र संगठन बिस्तारकालागि आफू र आफ्नो टिमलाई बिजयी गराउन सबैलाई आग्रह गर्नुभयो

उता नवलपरासीबाट कांग्रेस जिल्ला सभापतिमा महेन्द्रध्वज जिसीले क्षेत्रीय सभापतिमा आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ । जिल्लाका सबै क्षेत्रबाट क्षेत्रीय प्रतिनिधिहरुको नामावली आएसँगै जिसीले आफ्नो उम्मेदावारी घोषणा गर्नु भएको हो । जिसी संस्थापन पक्षका हुनुहुन्छ । उहाँ पूर्वसभासद् एंव पूर्वजिल्ला सचिव समेत हुनुहुन्छ ।
जिल्ला अधिवेशनमा भाग लिने प्रतिनिधिहरुको बहुमत संख्या आफ्नो पक्षमा देखेपछि उहाँले बुधवार जिल्ला सदरमुकाम परासीमा पत्रकार सम्मेलन गरेर आधिकारीक उम्मेदवारीको घोषणा गर्नुभएको हो । केन्द्रीय सदस्य कृष्णचन्द्र नेपाली, क्षेत्र नं. ६ का सभासद देवकरण जयसवलसहित जिल्लाका संस्थापन पक्षका नेताहरु सहभागी पत्रकार सम्मेलनमा जिसीले आफ्नो उम्मेदवारी संस्थापनबाट रहेको बताउनु भयो ।
उहाँले जिल्लामा ८० प्रतिशत संस्थापनले जितेको उहाँको दाबी छ । ‘पाँच वर्षदेखि जिल्लाको संगठनको अवस्था नाजुक भएको छ, त्यसलाई पुर्नजिवित गराउन मैले उम्मेदवारी दिएको हुँ ।’ जि.सी.ले भन्नुभयो–‘मैले जितेपछि सबै साथीहरुलाई समेटेर लैजाने छु ।’
१२ औं महाधिवेशनको जिल्ला अधिवेशनमा पूर्वगृहराज्य मन्त्री देबेन्द्रराज कण्डेलसँग पराजित जिसीले अहिलेको उम्मेदवारीमा सबैको सहयोग रहने अपेक्षा लिए उता देउवा पक्षबाट भने अहिलेसम्म कसैले पनि आधिकारिक उम्मेदवारीको घोषणा गरेका छैनन् । उम्मेदवारी घोषणा नगरेपनि वर्तमान जिल्ला सभापति
देबेन्द्रराज कण्डेल, मदनभक्त अधिकारी र वर्तमान सचिव बिष्णु लामिछानेको नाम समेत सभापतिको उमद्वारीको रुपमा चर्चामा छ । कण्डेलले जिसी चुनाव लड्ने भए आफ्नो उम्मेदवारी रहने बताउँदै आउनु भएको छ । जिसीले उम्मेदवारीको दाबा छाडे आफुले पनि छाडेर सर्वसम्मतको प्रयास गर्ने कण्डेलको भनाई छ । तर जि.सी.ले आधिकारिक रुपमा उम्मेदवारी घोषणासँगै अब कण्डेल र उनीबीच नै प्रतिस्पर्धा हुने देखिएको छ ।
जिल्ला अधिवेशनका लागी १ हजार ७९ प्रतिनिधि चयन कांग्रेसको जिल्ला अधिवेशनका लागी कुल १ हजार ७९ क्षेत्रीय प्रतिनिधिहरु चयन भएका छन् । पार्टी जिल्ला निर्वाचन अधिकृत राजेन्द्रप्रसाद न्यौपानेका अनुसार कुल १३ हजार ६ सय ४९ जना क्रियाशिल सदस्यहरु प्रतिनिधि चयन भएका हुन । चयन भएका मध्ये २ सय ८८ महिला प्रतिनिधि छन् । जिल्लामा ६ वटा निर्वाचन क्षेत्र छ । जसमा सबैभन्दा बढी क्षेत्र नं. १ मा दुईसय ३७ जना प्रतिनिधि चयन भएका छन् । त्यस्तै क्षेत्र नं. २ बाट एकसय ८६, क्षेत्र नं. ३ बाट एकसय ६५, क्षेत्र नं. ४ बाट एकसय ८२ क्षेत्रीय प्रतिनिधि चयन भएका छन् । त्यसैगरी क्षेत्र नं ५ बाट एकसय ६४ र क्षेत्र नं. ६ बाट एकसय ४५ क्षेत्रीय प्रतिनिधी चयन भएको निर्वाचन अधिकृत न्यौपानेले जानकारी दिनुभयो ।