फार्मेसी संघ रुपन्देहीको अध्यक्षमा सापकोटा

1.3K

फार्मेसी संघ रुपन्देहीको अध्यक्षमा सापकोटा

नेपाल फार्मेसी संघ रुपन्देहीको अध्यक्षमा चोकलाल सापकोटा निर्वाचित हुनुभएको छ । संघको शनिबार बुटवलमा सम्पन्न तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशनले सापकोटाको अध्यक्षतामा सर्वसम्मत १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्ष पदमा भरत गिरी र सुशिला वञ्जाडेलाई चयन गरिएको छ । त्यसैगरी महासचिव पदमा महेश पाण्डे, कोषाध्यक्षमा पिताम्बर अधिकारी, सचिवमा सञ्जिता ढकाल र नारायण विक्रम कुवर तथा सहकोषाध्यक्षमा रिना केसीलाई चयन गरिएको निर्वाचन समितिका संयोजक तथा संघका सल्लाहकार धर्मराज भट्टराईले जानकारी गराउनु भयो ।
त्यसैगरी कार्यसमिति सदस्यहरुमा खेमराज ज्ञवाली, दिलिपकुमार जैसवाल, आशिष आचार्य, निरज गुरुङ, पवनकुमार कोहार र महफूज अहमद धुनियालाई चयन गरिएको छ ।