नेपाल अर्थोपेडिक एशोसियसन लुम्बिनीको अध्यक्षमा वरिष्ठ अर्थोपेडिक डा. गोपालप्रसाद ज्ञवालीलाई चयन गरिएको छ । नेपाल अर्थोपेडिक एशोसियसन लुम्बिनीको शनिबार बुटवलमा भएको दोस्रो अधिवेशनले ज्ञवालीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
एशोसियशनका अध्यक्ष डा. राजेन्द्र संजेलको अध्यक्षतामा भएको अधिवेशनले वरिष्ठ उपाध्यक्षमा डा. कपिलमणि केसी, महासचिव डा. आलोक पाण्डे, सहसचिव डा. जयराज शर्मा, कोषाध्यक्ष डा. युधिष्ठिर खड्का, सहकोषाध्यक्ष डा. मनदिर खत्री तथा सदस्यहरुमा डा. योगेन्द्र अग्रहरी, डा. महेशराज घिमिरे, डा. राहुल श्रेष्ठ, डा. राजु जिसी, डा. उत्सव रेग्मी, डा धना कार्की र डा. विकास न्यौपानेलाई सर्वसम्मत चयन गरिएको छ ।
त्यसैगरी साईन्टिफिक कमिटि संयोजकमा किशोरमान श्रेष्ठ तथा सदस्यहरुमा दिपेन्द्रसिह क्षेत्री, डा आलोक थैव, मदन ज्ञवाली तथा रिसर्च कमिटिको संयोजक डा.मनिष श्रेष्ठ र सदस्यहरुमा रमेश अर्याल, सन्जिव आचार्यलाई चयन गरिएको छ । डा. कृष्णप्रसाद खरेल, डा.किशोर खत्री, डा.शेखर पोखरेल, डा. सागर क्षेत्रीलाई सल्लाहकारमा मनोनयन गरिएको छ ।
नवनिर्वाचित अध्यक्ष डा. गोपालप्रसाद ज्ञवालीले बिसं.२०७८ सालमा यस क्षेत्रका हार्डजोर्नी रोग विशेषज्ञ चिकित्सकहरु भेला भएर संस्था स्थापना गरिएको बताउँदै संस्थाले समयसापेक्ष नयाँनयाँ कुराहरुर्लाइ पुनर्ताजकी गरिने बताउनु भयो ।
त्यस अवसरमा नेपाल चिकित्सक संघ लुम्बिनीका अध्यक्ष डा कृष्ण खरेलले विशिष्टिकृत सेवालाई थप उचाईमा लानको लागि संस्था स्थापना गरिएको बताउँदै आफैमा उत्कृष्ट चिकित्सकिय पेशालाई थप मर्यादित र ब्यवस्थित गर्न विशिष्टिकृत विधाहरु उपयोगी हुने बताउनु भयो । चिकित्सकहरुप्रति आम नागरिकको दृष्टिकोणमा वदलाव ल्याउनको लागि चिकित्सकहरु नै लाग्नुपर्ने उहाँले बताउनु भयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य रामराज पोखरेलले सरकारबाट एउटा निजामति कर्मचारी र चिकित्सकलाई हेर्ने ब्यवहार फरक रहेको बताउँदै संवेदनशिल पेशालाई त्यहि किसिमले मुल्यांकन हुनेगरी लाग्न सुझाव दिनुभयो । संघमा हाल रुपन्देहीसहित पाल्पा, भैरहवा, नवलपरासी, दाङका गरि ५९ जना अर्थोपेडिक सर्जनहरु आवद्ध रहेका छन् ।