एम आर पीको १३० यूरोको हिसाब किताब खोइ ? किन मौन एन आर एन पोर्चुगल?

484

एम आर पीको १३० यूरोको हिसाब किताब खोइ ? किन मौन एन आर एन पोर्चुगल?

ब्रसेल्स/बेल्जियम

केहि समय अघि लुम्बिनी अनलाइनमा प्रकाशित समाचार प्रति आपत्ति जनाउदै एन आर एन पोर्चुगलले काइते बिज्ञप्ति जारि गर्यो | पिडित रमेश राज बास्तोलालाई एन आर एनका पदाधिकारी हरु थर्काउन धमक्याउन उनकै पसलमा पुगे | एन आर एनको कार्यलयमा नआयमा बोरामा हालेर लैजाने भन्दै बास्तोलालाई मानशिक तनाव दिय | जुन सारै निच र हेप्या प्रवृत्ति रहेको छ |समाचार आइसकेपछि समाचार संग जुध्न निकै ग्राहो हुन्छ | सोहि अनुरुप विज्ञप्ति निकाल्नु ,विज्ञप्तिमा गल्ति बोल्नु यसको पछिल्लो उदाहरण थियो | अझ बास्तोलालाई धम्की दिनु भनेको त् एन आर एन पोर्चुगलको हैसियत देखाउनु पनि थियो |पछि एन आर एनले पठायको हैन भनेर प्रस्टीकरण दिनुले त् झन् उसको साख गिराउने काम गरेको छ | ति पदाधिकारीहरुलाई अझै सम्म कारवाही गर्न सकेको छैन | जुन लज्जास्पद देखिन्छ | एन आर एन पोर्चुगल तथ्यगत कुराहरुमा अझै पछि नै देखिन्छ |

१३० युरोको हिसाब किताब

एन आर एन पोर्चुगलले बिज्ञप्ति मार्फत दुतावासलाई पोस्टल चार्ज बापत बुझायको १३० यूरो को प्रमाण पेस गर्छौ भनेर फुक्या थिय ,खै अहिलेसम्म आयको छैन ??? यूरोप् स्थित प्रत्येक दुतावासले एम आर पी बापत लिने लिने भनेको रकम १२० यूरो हो | पोस्ट बाट प्रत्यक व्यक्तिलाई पठायको खण्डमा मात्रै १० यूरो दुतावासले लिन पाउछ नत्र एकै कठ्ठा गरेर लाने ल्याउने गरेको खण्डमा दुतावासको हक अधिकार भित्र पर्दैन | दुताबासले लियको छैन भन्छ एन आर एनले दियको छौ भनेर बिज्ञप्ति निकाल्या छ | खै प्रमाण पेस गरेको? ठग्नुको पनि हद हुन्छ नि? कि त् दुतावासलाई दियको सवै प्रमाण एक एक दिनु पर्यो होइन भने आफुहरुले खायको भन्नुपर्यो ?त्यत्रो महाभारत बिज्ञप्ति निकाल्ने सस्थाले मेडिया मार्फत किन पारदर्शिता देखाउन सकेन ?????सरकारी निकाय भयको कारणले दुतावासलाई त् अख्तियारले छानविन गर्ला तर एन आर एनले त् सबैलाई देखाउनु पर्यो नि? बाकि १६ युरोको कुरो आयो | पोर्चुगल देखि पेरिस गयको ,पेरिस देखि दुतावास गयको अनि फर्केको रकम कति लाग्यो?त्यसको त् बिल पक्का पनि एन आर एन संग होला नि?होइन?कि एम आर पी पुर्याउन भन्दै ३ ३ जनाको समुह दुतावास त् गयन? त्यसको एक एक प्रमाण मेडिया समक्ष विगत देखि अहिलेसम्म एन आर एनले दिनुपर्दछ | होइन भने अहिलेको कार्यकाल मात्रै होइन विगत देखि नै यो अनियमितता रहेको प्रस्ट पार्दछ|

वाणिज्य दुतावास

पोर्चुगल स्थित नेपालि वाणिज्य दुतावासलाइ एन आर एनले पहल गरेमा एम आर पिको कार्य त्यही बाट सम्भब देखिन्छ | तर यो कार्य एन आर एन गर्न चाहदैन | वाणिज्य दुत रहेका मकर हमाल पनि सिधै एन आर ऐनलाई पेलेर जान सक्दैनन् | सबै आफ्नै छन | कसको के विरोध गर्नु? उनले पिडीत हरुसंग आफुले विरोध गर्न नसक्ने जनाईसकेका छन | केहि समय अघि एन आर एन अधक्ष्य भिम केसीले पत्रकारलाई दियको अन्तर्वार्ता अनुसार एन आर एनको प्रमुख मुद्धा भनेकै पोर्चुगलमा राजदुतावास स्थापना गर्नु रहेको छ | जुन एम आर पी विषय पनि हतियार हुनसक्दछ | तर यो सम्वाभावाना न्यून देखिन्छ | जसको चर्चा पछिल्ला समाचारहरुमा तथ्य सहित विस्तृत गरौला |

विगत र अहिलेको एन आर एन

अहिले एम आर पी को समाचार बाहिर आयपछी एन आर ऐनमा एक प्रकारको वितन्डा नै मच्चीयको छ | एम आर पी पिडितहरु आफ्ना समस्या विस्तारै खोल्न थालेका छन | जसले पनि प्रस्ट पर्छ एन आर एन पोर्चुगलको एम आर पी काम कारवाहीमा खोट लगाउने ठाउ प्रसस्त छन | तर यसको साथै  एन आर एन पोर्चुगलले केहि कार्यहरु केहि हदसम्म राम्रै गरेको छ | एन आर एन कार्यलय स्थापना गर्नु ,त्यहा आयका समस्यालाई केहि हदसम्म समाधान दिनु,नेपालीलाई सहयोग गर्नु र नेपाललाई सहयोग गर्नु |तर यो संगसंगै वेतिथि पनि उस्तै छ भन्ने कुराको सानो उदारहण हो एम आर पी प्रकरण | एन आर एनहरुकै मिलोमतोमा नेपाल देखि कामदार ल्याउने ,आफ्नो कम्पनीमा काममा लगायका कामदारलाई सोषण गर्ने जस्ता घटना छ्याप छ्याप्ती रहेका छन | जसको विरोध र गलत कदमको विरुद्ध कोहि उठ्न सकेका छैनन| एम आर पिको समाचार आइसकेपछि केहि ब्यक्तिहरु एन आर एनको समर्थन गर्दै आफ्नो विचार राखे |फेसबुक पेज भरे|तर तथ्य सहित कोहि पनि अझैसम्म आउन सकेनन | आखिर किन? जोसुकैले सहज अनुमान गर्न सकिन्छ |पोर्चुगलमा सबै स्थाई बसोबासको कागजको लागि छन र ठुलाबडाको विरोध गर्नै नसक्ने अवस्थामा छन |

तसर्थ एन आर एन पोर्चुगलले विगत देखि अहिलेसम्मका एम आर पिको हिसाबकिताब प्रमाण सहित निकाल्नुपर्दछ | अहिले कांग्रेस निकटका भिम केसी अधक्ष्य भयर विरोध गरेको भनेर ठान्नु भन्दापनि एन आर ऐनलाई सहि बाटोमा लैजान खोजेको भन्ने बुझ्नुपर्दछ | हिजोका कमिटीले आर्थिक अनियमितता गरेको प्रमाण भय त्यसको पनि छानविन अहिलेको कमिटीले गर्न सक्नुपर्दछ | होइन भने बिभिन्न देसहरुमा रहेका विवादास्पद एन आर एन कमिटि भन्दा कम पोर्चुगलको हुनेछैन |चेतना भया!