रुपन्देहीकाे गैडहवामा निशुल्क दन्त शिविर गरिएकाे छ । सिद्धार्थ बहुउदेश्यीय सहकारी संस्थाले बुटवल डेण्टलकाे प्राविधिक सहयाेगमा गैडहवा गाउंपालिका वडा नं. ७ शान्तिबजारमा दाँत तथा मुख स्वास्थ्य सम्बन्धि शिविर गरिएकाे हाे ।
बुटवल उपमहानगरपालिका वडा नं. ९ मिलनचाेकमा प्रधान कार्यालय रहेकाे सिद्धार्थ बहुउदेश्यीय सहकारी संस्थाले गैडहवा गाउंपालिका वडा नं. ७ शान्तिबजारमा सेवा केन्द्र सञ्चालन गरेकाे छ ।

उक्त सेवाकेन्द्र मार्फत बनेका शेयर सदस्यलाई लक्षित गरी दाँत तथा मुख स्वास्थ्य सम्बन्धि शिविर गरिएकाे सहकारी संस्थाका अध्यक्ष तिलकराम आचार्यले बताउनु भयाे ।
शिबिरमा दाँत, मुख, गिंजा परिक्षण तथा दात सफा गर्ने, भर्ने, निकाल्ने, गिजा पाकेकाे लगायतका समस्याकाे उपचार लगायतका सेवा प्रदान गरिएकाे बुटवल डेण्टलका सञ्चालक रामश्रेष्ठ सिंहले जानकारी गराउनु भयाे । उहाँका अनुसार दातमा समस्या भएकालाई आवश्यकता अनुसारकाे ओैषधि समेत निशुल्क उपलब्ध गराईएकाे छ ।

शिविरकाे उद्घाटन गर्दै गैडहवा गाउँपालिका वडा नं. ७ का अध्यक्ष लालबहादुर केवटले जिल्लाकाे अलि दुर्गममा रहेकाे गैडहवामा शिविर गरेकामा सिद्धार्थ सहकारी र बुटवल डेण्टललाई धन्यवाद व्यक्त गर्नुभयाे । उहाँले त्यस क्षेत्रका जनता स्वासथ्य सेवाकाे पहुँच भन्दा केही टाढा रहेकाे बताउँदै यस्ता शिविरले पहुँच विस्तारमा मदत गर्ने विशवास व्यक्त गर्नुभयाे ।
शिविर सहकारी सञ्चालक समिति सदस्य तथा शिक्षा समिति संयाेजक शिव अधिकारीकाे संयाेजनमा भएकाे हाे ।