आज गणतनत्र दिवस । देशर विविध कार्यक्म गरी मनाईँदै छ । राज्यको सम्पूर्ण शक्ति जनतामा निहित हुने गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको दिन जेठ १५ मा गणतन्त्र दिवस मनाउदै आईएकाे छ ।
२०६५ जेठ १५ गते निरङ्कुश एकात्मक राजतन्त्रको विधिवत् अन्त्य गर्दै मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था घोषणा गरिएकाे थियाे ।
यस दिनको सम्झनामा आज बिहान सूर्योदयसँगै नेपाली सेनाले बिगुल बजाएको छ । साथै तोप र बन्दुकको बढाईं गर्ने कार्यक्रम पनि छ । त्यस्तै काठमाण्डाैंकाे टुडिखेलमा मुल समाराेह राखिएकाे छ । त्यस्तै १६ गते सरकारी निकायका घरका छत, बरण्डाहरूमा राष्ट्रिय झण्डा मर्यादापूर्वक राखि सजाउने र दीप प्रज्वलन गर्ने कार्यक्रम तय भएको छ ।