नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले सामन्तवादको समूल अन्त्य गर्न नसक्नु गणतन्त्रको ठूलो कमजोरी रहेको बताउनु भएको छ । गणतन्त्र नेपाली जनताका लागि युगान्तकारी परिवर्तन भएको बताउँदै उहाँले जनता सामन्तवादकै कारण निम्तिएको संक्रमणकालको भोगाइमा रहेको बताउनु भएको हो ।
हजारौं जनताले ठूलो संघर्षबाट प्राप्त भएको गणतन्त्र राजनीतिक क्षेत्रमा नयाँ उपलब्धि भएको बताउँदै प्राप्त उपलब्धिको रक्षा गर्ने दायित्व पनि परिवर्तनकारी शक्तिहरुकै भएको बताउनु भयो ।
गणतन्त्र दिवसको अवसरमा बुटवलमा आयोजना गरिएको गणतन्त्र, जनपक्षीय पत्रकारिता र कृष्ण सेन इच्छुकको भूमिका विषयक अन्तरक्रियामा बोल्दै उँहाँले सामन्तवादी युगको अन्त्य गर्न नेपाली जनता आआफ्नो स्थानबाट लागेपछि यो दिन आएकाले यो उपलब्धिका सबै नेपाली जतना धन्यवादको पात्र भएको पनि बताउनु भयो । उहाँले गणतन्त्र स्थापनाका लागि कृष्ण सेन इच्छुकको देन अविस्मरणीय रहेको बताउनु भयो ।
नेपालको आर्थिक स्थिति संकट उन्मुख रहेकाले हरेक जनताले उत्पादन गरेका वस्तुको बजारी करण र उपभोगको नीति नहुँदा आयातित वस्तु प्रयोग भइरहेकाले आर्थिक संकट निम्तिरहेको उहाँले बताउनु भयो ।

त्यसै अवसरमा कृष्णसेन इच्छुक स्मृति पत्रकारिता पुरस्कारबाट पुराना पत्रकार पत्रकारहरु दीपक (छविलाल) विश्वकर्मा र यानेन्द्र जिसीलाई सम्मान परिएको छ ।