यूरोपमा तेरियाको दमदार प्रस्तुति ,कस्तो रह्यो त् बेल्जियममा तेरियाको प्रस्तुति? सुन्नुहोस अडियो रिपोर्ट

यूरोपमा तेरियाको दमदार प्रस्तुति  ,कस्तो रह्यो त् बेल्जियममा तेरियाको प्रस्तुति? सुन्नुहोस अडियो रिपोर्ट

ब्रसेल्स/बेल्जियम

बेल्जियमको लुभेन शहरमा आयोजित माघि पर्वमा मुख्य आकर्षकको रुपमा आज डिआइडि लिटल मास्टर तेरिया मगर रहेकि थिइन् ।तेरियाको नाच हेर्न र उनलाई भेटन सबैजना आतुर रहेका थिय । ४ सय क्षमता रहेको हलमा लगभग दोब्बर सहभागिहरु रहेका थिय जसका कारण आयोजक विश्व मगर संघलाई ब्यवस्थापनको लागि हम्मे हम्मे परेको थियो ।

तेरियाको साथमा गायक सुमन बुढामगर,लाली बुढाथोकी लगायतले पनि गीत संगीत प्रस्तुत गरे। मगर जातिको भेष भुषा र संस्कृति झल्कने परम्परागत नृत्यहरुले सहभागीको ध्यान केन्द्रित गरेको थियो। दर्शकहरुको बाक्लो उपस्थितिले हल भने खचाखच देखिन्थ्यो।

तेरिया फैजा मगरले झण्डै ४ लाख बालबालिकाले भाग लिएको प्रतियोगितामा छनोट भएका ४० हजार प्रतिस्पर्धीलाई पछि पारेर डीआईडी लिटिल मास्टर्सको सेसन ३ को बिजेता भएर राष्ट्रिय गौरब र प्रतिस्ठालाई उचो पार्ने काम गरेकि थिइन ।रुपन्देहि जिल्लाको रुद्रपुरमा घर भएकि तेरिया अहिले बुवा आमा ‘संगै मुम्बईमा रहेकि छिन । तेरियाको जित संगै देश देखि विदेश सम्म उनको चर्चा परिचर्चा  थियो। युरोपमै पहिलो पटक आएकि तेरियाले बेल्जियम लगायत पोर्चुगलमा पनि आफनो कला देखाउनेछिन । कस्तो रह्यो त् कार्यक्रम?सुन्नुहोस सन्तोष न्यौपानेको अडियो रिपोर्ट ….

 

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •