सरकारले आगामी वर्षका लागि कती ल्यायो बजेट ?

1.3K

सरकारले आगामी वर्षका लागि कती ल्यायो बजेट ?

सरकारले आगामी आर्थिक वर्षका लागि सरकारले १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट विनियोजन गरेको छ ।
सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहिबार प्रतिनीधि सभामा आगामी आर्थिक वर्ष २०८२।०८३ को लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट बजेट प्रस्तुत गर्नुभएको हो ।
अर्थमन्त्री पौडेलले चालु खर्चतर्फ ११ खर्ब ८० अर्ब ५८ करोड रुपैंया, पुँजीगत तर्फ ४ खर्ब ७ अर्ब ६९ करोड र वित्त व्यवस्थापनमा ३ खर्ब ७५ अर्ब २४ करोड रुपैंया विनियोजन गरिएको जानकारी गराउनु भयो ।
आगामी वर्षको लागि विनियोजन गरिएको बजेट अनुसार चालु खर्चतर्फ ६०.०१ प्रतिशत, पुँजीगत तर्फ २०.८९ र वित्त व्यवस्थापनमा १९.१ प्रतिशत रहेको छ ।
यो बजेट यस वर्षको सुरुको विनियोजनको तुलनामा ५.६ प्रतिशतले बढी र संशोधनको तुलनामा १८.२ प्रतिशतले बढी हो । चालु आर्थिक वर्षका लागि सरकारले १८ खर्ब ६० अर्ब ३० करोडको बजेट विनियोजन गरेको थियो ।
बजेटका लागि राजस्व संकलनबाट १३ खर्ब १५ अर्ब, आन्तरिक ऋणबाट ३ खर्ब ६२ अर्ब, बाह्य ऋणबाट २ खर्ब ३३ अर्ब र अनुदानबाट ५३ अर्ब रूपैयाँ स्रोत जुटाइने अनुमान गरिएको छ ।

पूर्ण पाठ :