नाम्सको स्थापना दिवसमा अपांग आश्रममा सहयोग

1.3K

नाम्सको स्थापना दिवसमा अपांग आश्रममा सहयोग

नेपाल बजार बिक्री प्रतिनिधि संघ (नाम्स) लुम्बिनीले दृष्टिविहिन अनाथहरुलाई खाद्यान्न, शैक्षिक सामाग्रि लगायतका सामाग्रि प्रदान गरेको छ ।
संघको २५ औं स्थापना दिवसको अवसरमा शनिबार बुटवल उपमहानगरपालिका वडा नं. १५ उजेलापुरमा रहेको लुम्बिनी अपांग दृष्टिविहिन अनाथ आश्रममा खाद्यान्न, शैक्षिक सामाग्रि तथा ईलेक्ट्रिोनिक सामान प्रदान गरिएको संघका प्रदेश सचिव बाबुराम वेलवासेले जानकारी दिनुभयो ।
संघका प्रदेश अध्यक्ष विश्वमणी भुसालले अपांग, दृष्टिविहिन तथा अनाथलाई केही भएपनि सहयोग पुगोस भन्ने उद्देश्यले स्थापना दिवसको अवसरमा सहयोग प्रदान गरिएको बताउनु भयो ।
प्रदान गरिएका सामाग्रि ग्रहण गर्दै आश्रमका व्यवस्थापक लिलाराम रोका मगरले आश्रममा आश्रीतलाई सम्झेर सहयोग गरेकोमा संस्थालाई धन्यवाद व्यक्त गर्नुभयो ।
त्यस अवसरमा केन्द्रीय उपाध्यक्ष बाबुराम भुसाल, केन्द्रीय सदस्य मधुसुदन न्यौपाने, सल्लाहकार निलकण्ठ पाण्डे, माधव ज्ञवाली लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रममा संघका पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको थियो ।