खेमानन्द पाठक बुटवल,२१ माघ । भोलबिाट बुटवलमा शुरु हुने कृषि मेलाको तयारी पुरा भएको छ । ‘बजारमुखि कृषिको आधार ,समुन्नत नेपालको आधार भन्ने नाराका साथ बुटवल उद्योग वाणिज्य संघले बुटवल मण्डपमा भोलीबाट मेलाको अयोजना गरेको हो ।
भोलीदेखि गतेदेखि माघ २७ गतेसम्मम ७ औं कृषि मेला आयोजना गर्न लागिएको संघले जनाएको छ ।
मेलामा व्यवसायिक कृषकलाई हौसला पदान गरी आत्मनिर्भतामा सहयोग पुराउदै राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा कृषिको विकास गर्ने उद्धेश्यले मेलाको आयोजना गरीएको आयोजक उद्योग वाणिज्य संघका अध्यक्ष महेसमान सिंहले बताए । उपभोक्ता बिच स्वदेशी उत्पादनहरुको पहिचान, प्रचार प्रसार एवं उपभोगको चाहना अभिबृद्धि गर्ने व्यापारिक स्टलसंगै चेतनामूलक कार्यक्रम र छलफलसमेत मेलामा गरिने छ
मेलामा व्यापारको विकासका चुनौति, सीमा क्षेत्रका व्यापारीहरूले झेल्नु परेका समस्या, उपभोक्ताहरूको चाहना, स्थिति, परिचय र प्राथमिकता, सरकारी नीति र बजार प्रवद्र्धन तथा गुणात्मक प्रतिस्पर्धाको विकास गर्ने अन्तरक्रिया गरिने छ ।
मेलामा माटो परिक्षण शिविर, उन्नत जातका विउविजनको बिक्रि वितरण , बोट विरुवा स्वास्थ्य परिक्षण शिविर ,वैकल्पिक उर्जा, बुटवल आसपासका पर्यटकीय क्षेत्रको प्रवद्धन गर्न पर्यटकिय क्षेत्रको फोटो प्रद्धर्शनसमेत गरिने छ ।११५ देखि १२५ वटा कृषि सम्बन्धि स्टलहरु सहभागि हुने मेलामा १ लाख २५ हजार दर्शकले अवलोकन गर्ने लक्ष्य राखिएको छ । कृषिलाई प्राथमिकता दिएको मेलामा उद्योग, कृषि, पर्यटन, सुचना, प्रविधि, घरेलु, हस्तकला लगायतका स्टल रहने छन् । जसमा कृषिकालागि ६० छुट्याइएको छ । मेलाका अवसरमा व्यापारको विकासका चुनौति, सीमा क्षेत्रका व्यापारीहरूले झेल्नु परेका समस्या, उपभोक्ताहरूको चाहना, स्थिति, परिचय र प्राथमिकता, सरकारी नीति र बजार प्रवद्र्धन तथा गुणात्मक प्रतिस्पर्धाको विकास गर्ने बारेमा अन्तरक्रिया गरिने छ ।