भारतबाट फर्किएका तीन जना नेपालीलाई काेराेना संक्रमण

1.3K

भारतबाट फर्किएका तीन जना नेपालीलाई काेराेना संक्रमण

भारतबाट फर्किएका तीन जना नेपालीलाई काेराेना संक्रमण पुष्टि भएको छ । भारतका विभिन्न स्थानबाट गाैरीभन्टा नाका हुँदै नेपाल आएका सुदूरपश्चिम प्रदेशका दुई पुरूष र एक महिलामा काेराेना संक्रमण भेटिएकाे प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएकाे छ ।
भारतबाट गौरीफान्टा नाका भएर स्वदेश फर्किरहेका शङ्कास्पद ३६ जनाको परीक्षण गर्दा तीन जनामा कोभिड पुष्टि भएको हाे । कोभिड पुष्टि भएका सबैलाई होम आइसोलेसन बस्न भनिएकाे छ । काेभिड पुष्टि भएकामा कोभिडको कुन भेरियन्ट रहेछ भन्ने पत्ता लगाउन पीसीआर परीक्षणका लागि स्याम्पल केन्द्रीय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौँ पठाइएको छ ।
भारत तथा अन्य छिमेकी राष्ट्रहरूमा कोभिड–१९ को सङ्क्रमण देखा परिरहेकाले नेपालमा पनि यसको सङ्क्रमण राेक्नकाे लागि सीमानाकामा सतर्कता अपनाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय स्वास्थ्य सेवा विभागले सङ्क्रमणको महामारी निम्तन सक्ने साम्भव्यतालाई मध्यनजर गर्दै मातहातका कार्यालय, अस्पताल र प्रयोगशाला तयारी अवस्थामा रहन निर्देशन गरेको छ ।