मदानेका अध्यक्ष महेन्द्रबहादुर कुवँरद्वारा क्यान्सर ग्रसित सुनारको उपचारमा आर्थिक सहयोग

1.3K

मदानेका अध्यक्ष महेन्द्रबहादुर कुवँरद्वारा क्यान्सर ग्रसित सुनारको उपचारमा आर्थिक सहयोग

गुल्मीको मदाने गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर कुवँरले क्यान्सरको उपचाररत मने सुनारलाई उपचालको लागि आर्थिक सहयोग प्रदान गर्नुभएको छ । मदाने गाउँपालिका वडा नं. ४ गावाका ६२ वर्षीय सुनार क्यान्सर रोग लागेर भरतपुर क्यान्सर अस्पतालमा उपचाररत हुनुहुन्छ ।
क्यान्सर ग्रसित सुनारको उपचारको लागि घरमै पुगेर अध्यक्ष कुवँरले १० हजार रुपैंया आर्थिक सहयोग प्रदान गर्नुभएको हो । उहाँले स्वास्थ्य लाभको कामना गर्दै विरामीको उपचारमा थोरै भएपनि सहयोग होस भन्ने उद्देश्यले सक्दो सहयोग प्रदान गरिएको अध्यक्ष कुवँरले बताउनु भयो । विपन्न तथा गरिव परिवारका सदस्यहरुको उपचार तथा शिक्षाका लागि अध्यक्ष कुवँरले आर्थिक सहयोग प्रदान गर्दै आउनु भएको छ ।
नेपाली काँग्रेस मदाने गाउँपालिकाका अध्यक्ष समेत रहनु भएको पालिका अध्यक्ष कुवँरले अध्यक्षमा निर्वाचित भएपछि पालिकाबाट आफूले पाउने सुविधा वापतको रकम सिधै पार्टीको खातामा जम्मा हुने व्यवस्था मिलाउनु भएको छ । त्यसरी पार्टीको खातामा जम्मा भएको पैसा पार्टी समितिको निर्णयमा खर्च गर्ने गरिएको पनि उहाँले बताउनु भयो ।