रुपन्देहीमा फर्मासिष्टहरुलाई क्षेमता विकास तालिम प्रदान गरिएको छ । नेपाल फार्मेसी संघ रुपन्देहीले बुटवल उपमहानगरपालिकाको सहयोगमा संस्थामा आवद्ध सदस्यहरुलाई व्यवसायिक क्षेमता विकास तालिम प्रदान गरेको हो ।
तालिममा फर्मासिष्ट नविन शर्माले एन्टिबायोटिक र यसको प्रयोग, इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक ईन्द्रबहादुर रानाले लागु औषध, बुटवल उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेले नगरको स्वास्थ्य नीति तथा रमेश खनालले गुड फार्मेसी विषयमा प्रशिक्षण गर्नुभएको थियो ।
तालिम कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले तालिमले फर्मासिष्टहरुलाई व्यवसायिक विकास गर्न र सेवा प्रवाहलाई अझै चुस्त बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । फर्मासिष्टहरुलाई हौशला र उर्जा प्रदान गर्नको लागि नगरपालिकाले सहयोग गरेको भनाई राख्नुभयो ।
नेपाल फार्मेसी संघ रुपन्देहीका अध्यक्ष चोकलाल सापकोटाले फर्मासिष्टहरुलाई व्यवसायिक क्षेमता विकास संगै नेतृत्व र व्यक्तित्व विकास गर्न सकियोस भनेर तालिम कार्यक्रम गरिएको बताउनु भयो । तालिमले फर्मासिष्टहरुमा व्यवसायिक, नीतिगत तथा व्यवहारिक कुराहरु समेत सिक्ने अवसर प्राप्त भएको उहाँले बताउनु भयो ।
त्यस अवसरमा नेपाल फार्मेसी संघका निवर्तमान केन्द्रीय अध्यक्ष किरण ढकाल, जिल्ला शाखाका संस्थापक तथा निवर्तमान अध्यक्ष गणेश सेढाई, सल्लाहकार लक्ष्मण थापा, महासचिव महेश पाण्डे, कोषाध्यक्ष तथा कार्यक्रम संयोजक पिताम्बर अधिकारी लगायतले भनाई राख्नुभएको थियो ।