बुटवलको सुख्खानगरमा मधुमेह, थाइरोईड तथा इन्डोक्राईन सेन्टर सञ्चालन

1.3K

बुटवलको सुख्खानगरमा मधुमेह, थाइरोईड तथा इन्डोक्राईन सेन्टर सञ्चालन

स्वास्थ्य क्षेत्रको हवको रुपमा विकास हुँदै गएको रुपन्देहीको बुटवलमा मधुमेह, थाइरोईड तथा इन्डाक्राईन सेन्टर सञ्चालनमा आएको छ ।
काठमाण्डौको महाराजगञ्जमा रहेको मट्रो अस्पताल र बुटवलको प्याराडाईज हेल्थ केयरको सहकार्यमा बुटवलको सुख्खानगरमा मधुमेह, थाइरोईड तथा इन्डाक्राईन सेन्टर सञ्चालनमा आएको हो ।
मधुमेह, थाइरोईड तथा इन्डाक्राईन उपचार बुटवलमै पहिलो रहेको मधुमेह, थाइरोईड तथा इन्डाक्राईन सेन्टरका मेडिकल डाईरेक्टर डा. किरण आचार्यले जानकारी गराउनु भयो । मधुमेह, थाइरोईड तथा इन्डाक्राईन सेन्टर मेट्रो अस्पतालको शाखा हो ।
लुम्बिनी प्रदेश आसपासका जिल्लाका विरामीको सहजताका लागि मधुमेह, थाइरोईड तथा इन्डाक्राईन सेन्टर सञ्चालन गरिएको बताउँदै उहाँले यो सेन्टरमा मधुमेह, थाइराइड सम्बन्धी समस्या, भीटोपन, कम उचाई, कोलेस्टेरोल, यौन दुर्वलता, महिनावारी गडबढी, निसन्तान वा गर्भ नरहने, युरिक एसिड लगायत हर्मोन सम्बन्धि उपचार गरीने बताउनु भयो । उहाँका अनुसार नेपालमा मधुमेह तथा थाइराइडको उपचार शुरु गर्ने डाक्टरहरु मध्येका प्रमुख डा. ज्योती भट्टराईको अनुगमन तथा सल्लाह र सहकार्य रहने छ ।
यो सेन्टरमा अहिले तीन जना डाक्टरहरुबाट सेवा प्रदान गरिने छ । यो सेन्टरमा डा. ज्योती प्रत्येक ३ महिनामा १ पटक आउनु हुनेछ । त्यस्तै अर्का इन्डोक्राईनोलोजिस्ट डा विनय भट्टराई हरेक महिनामा एक पटक आउनु हुने छ भने मेडिकल डाईरेक्टरका रुपमा रहनु भएका डा किरन यो सेन्टरमा प्रत्येक हप्ताको ४ दिन रहने उहाँले जानकारी गराउनु भयो ।