आज कांग्रेसको देशभर क्षेत्रीय अधिवेशन , रुपन्देहीमा दुई पक्षको प्रतिस्पर्धा

414

आज कांग्रेसको देशभर  क्षेत्रीय अधिवेशन , रुपन्देहीमा दुई  पक्षको  प्रतिस्पर्धा

13th-congress.png.pngबुटवल /आज नेपाली कांग्रेसको देशभर एकैसाथ क्षेत्रीय अधिवेशन हुँदैछ । क्षेत्रीय पदाधिकारी सहित केन्द्रिय नेतृत्व चयन गर्नकालागि महाधिवेशन प्रतिनीधि समेत चयन गर्ने भएकाले यो अधिवेशनलाई निकै महत्वका साथ हेरिन्छ ।
पार्टी एकिकरण भएपछि पनि दुई गुटको बर्चश्व रहेको नेपाली कांग्रेसको केन्द्रिय नेतृत्व लिनकालागि दुई गुटकै तिब्र आकांक्षा देखिएका बेला जिल्ला र क्षेत्रहरुमा पनि सोही अनुसारको गुटगत विभाजन प्रष्ट देखिएको छ । पार्टीमा संस्थापन पक्ष र वरिष्ठ नेता सेरबहादुर देउवाको पक्षमा कार्यकर्ताहरु खुलेरै लाग्न थालेका छन् । निर्वाचन क्षेत्र अन्तरगतको क्षेत्रीय अधिवेशनकालागि हरेक क्षेत्रमा दुई गुट प्रष्ट देख्न सकिन्छ भने कतिपय स्थानमा यस बाहेकका गुट उपगुटहरुले समेत चुनावी प्रतिस्पर्धामा उत्रिने बताएका छन ।
रुपन्देहीमा बिशेष गरि यही दुई गुटमा कार्यकर्ताहरु बिभाजन भई प्रतिस्पर्धामा उत्रिएका छन । रुपन्देहीका क्षेत्र नं. ४ मा तीन पक्षिय प्रतिस्पर्धा देखिएको छ । पार्टीको संस्थापन पक्षबाट हरि लम्सालले टिम बनाएर प्रतिस्पर्धामा उत्रिनु भएको छ भने देउवा क्याम्पबाट मौजुदा सभापति हरिबहादुर आचार्य प्रतिस्पर्धामा उत्रिनु भएको छ । उहाँको टिमबाट सचिव पदमा नेबिसंघका नेता मुक्ति पौडेलले उमेद्वारी दिनुभएको छ । त्यस्तै संस्थापन पक्षका मानिने मौजुदा सचिव तथा नेपाल ट्रेड युनियन कांग्रेस रुपन्देहीका अध्यक्ष काजिमान श्रेष्ठले दावेदारी प्रस्तुत गर्नुभएको छ । रुपन्देहीको क्षेत्र नं. ३ मा क्षेत्रिय सभापति पदमा तीन जनाको नाम चर्चामा छ । क्षेत्रीय सभापति पदकालागि हरिध्वज मल्लले टिम बनाएर मैदानमा उत्रिनु भएको छ । उहाँको टिममा सचिवमा नेविसंघ रुपन्देहीका नेता मिलन थापा र कोषाध्यक्षमा सहिद आलोक न्यौपाने सुपुत्री बिना न्यौपाने रहनु भएको छ । त्यस्तै प्रेमबहादुर फौदार र तरुण दल रुपन्देहीका सभापति चिरञ्जिवी पौडेलको नाम पनि क्षेत्रीय सभापतिको चर्चामा छ । फौदारको टिमबाट घनश्याम चालिसेको नाम सचिवमा चर्चामा छ । यसैगरी े१ नम्वर क्षेत्रमा क्षेत्रिय सभापति विश्वनाथ यादव र हिरा बहादुर केसी सभापतिको चुनावी मैदानमा उत्रेका छन् । यसैगरी २ नम्वर क्षेत्रमा पार्टीका जिल्ला कोषाध्यक्ष दीपक क्षेत्री न्यौपाने र वर्तमान क्षेत्रिय सभापति एवं समानुपातिक वन्द सूचिका उम्मेदवार मातृका यादव उठेका छन् । यसैगरी क्षेत्र नंं ५ मा वसी उल्लाह मुसलमान, ६ नम्वरमा विनोद कुमार श्रीवास्तव, मुकेश यादव, र अशोक कुमार त्रिपाठी, क्षेत्र नंं ७ मा दुर्गा उपाध्याय र अम्बीका कोहार चुनावी मैदानमा छन्