बुटवलकाे बजेट प्राथमपकता : शिक्षा, स्वास्थ्य र सीप

1.3K

बुटवलकाे बजेट प्राथमपकता : शिक्षा, स्वास्थ्य र सीप

बुटवल उपमहानगरपालिकाले आगामी आर्थिक वर्षमा शिक्षा, स्वास्थ्य र सीप तथा रोजगारलाई प्राथमिकता दिने भएको छ ।
बुटवल उपमहानगरपालिकाको मुखपत्र बुटवल दर्पणको विमोचन कार्यक्रममा बोल्दै नगरप्रमुख खेलराज पाण्डेयले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा शिक्षा, स्वास्थ्य र सीप तथा रोजगारलाई प्राथमिकता दिने बताउनु भयाे ।
उहाँले बुटवललाई शिक्षा, स्वास्थ्यमा अब्बल शहर बनाउँदै सीप तथा रोजगारका क्षेत्रमा पर्याप्त अवसर सिर्जना हुने गरी बजेट निर्माण गर्ने बताए। उनले बुटवललाई समृद्ध बनाउनका लागि बुटवल उपमहानगरपालिकाको एक्लो प्रयासले मात्रै सम्भव नहुने बताउनु भयाे ।
नगर प्रमुख पाण्डेयले विकास निर्माणका काममा संघ, प्रदेश र स्थानीय सरकारको सहकार्य र समन्वय जरुरी रहने भएकाले बुटवलको विकासमा सबैको उत्तिकै भूमिका रहने बताउनु भयाे ।
३ वर्षको कार्यकालका मुख्य मुख्य उपलब्धिहरुलाई समेटेर बुटवल दर्पण प्रकाशन गरेको बताउँदै उहाँले चालु आर्थिक वर्षमा जारी रहेका कामहरुको विवरण असार मसान्तपछि मात्रै थप गरेर प्रकाशन गरिने बताउनु भयाे ।
कार्यक्रममा बोल्दै उपप्रमुख सावित्रादेवी अर्यालले बुटवललाई समृद्ध र सबल शहरका रुपमा स्थापित गर्नका लागि सबैको भूमिका आवश्यक पर्ने बताउनु भयाे । उहाँले बुटवललाई शिक्षा, स्वास्थ्य र सीप तथा रोजगारका क्षेत्रमा अब्बल बनाउनका लागि आवश्यक कामहरु भइरहेको र त्यसलाई अझ परिस्कृत गर्दै लैजाने जानकारी गराउनु भयाे ।