बुटवलको चाँदबारीमा किरियापुत्री भवन उद्घाटन गरिएको छ । बुटवल उपमहानगरपालिका वडा नं. ६ चाँदबारीमा निर्माण गरिएको किरियापुत्री भवनको शुक्रबार नगरप्रमुख खेलराज पाण्डेले उद्घाटन गर्नुभयो ।
बुटवल उपमहानगरपालिकाको ३१ लाख रुपैंया र प्रदेश सरकारको २५ लाख गरी ५६ लाखको लागतमा निर्माण गरिएको ६ कोठे किरियापुत्री भवनबाट स्थानीयलाई काज किरियाका लागि उपयोगी हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । नगर प्रमुख पाण्डेयले नगरको बिकासको लागि बुटवलले अत्यन्त्रै महत्वपूर्ण कार्यहरु गर्दै आईरेको बताउँदै अहिले प्रतिफल र उपलब्धी देखिने बेला आएको बताउनु भयो ।
उपप्रमुख साबित्रादेबी अर्यालले उमहानगरले महिला तथा युवालाई रोजगारसंग जोडेर अगाडी बढेको बताउँदै आवश्यक तालिम माग गरेमा उपमहानगरकै खर्चमा प्रदान गरिँदै आएको बताउनु भयो ।
त्यसै अवसरमा बिभिन्न बिधामा योगदान गरेका वडावासीलाई सम्मान गरिएको छ । सम्पती कर, बहाल कर, सामाजिक ब्यक्तित्व, उपभोक्ता समिती, टोल बिकास सस्था, आमा समूह, धार्मिक सस्था, जेष्ठ नागरिक, एकल महिला र कर्मचारी गरी ८१ जनालाई सम्मान गरिएको वडा अध्यक्ष लोकनाथ न्यौपानेले बताउनु भयो । उहाँले आफू निर्वाचित भएसंगै गरेका गतिविधिहरुको बारेमा जानकारी गराउनु भयो ।
किरियापुत्री भवन उपभोक्ता समिती अध्यक्ष श्यामप्रसाद पाण्डेले भवन उत्कृट अत्याधुनिक भवन बनेको बताउनु भयो । सो अवसरमा वडाका अति बिपन्न परिवारलाई चामल समेत प्रदान गरिएको वडा सचिव नारायणप्रसाद खनालले जानकारी दिनुभयो ।