राष्ट्रिय परीक्षा बोर्डले एसईई परीक्षाको नतिजा प्रकाशनको तयारी गरेको छ । त्यसका लागि आज (शुक्रबार) बोर्ड बैठक बस्दैछ ।
परीक्षा नियन्त्रक डा. गणेश भट्टराईले एसईई परीक्षाको नतिजा प्रकाशनको तयारी अन्तम चरणमा पुगेको जानकारी गराउनु भएको छ ।
२०८१ चैत ७ देखि भएको एसईई परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी थिए ।