भने प्रजातान्त्रिक पक्षबाट बर्तमान क्षेत्रिय सभापति हरि बहादुर अाचार्य क्षेत्री सभापतिकाे मैदानमा थिए सचिबमा मुक्ती पाैडेल र माधब प्रसाद प्रधान काेषाध्यक्षमा चुनाव लडे पनि हार बेहाेरेका छन् ।
रुपन्देही क्षेत्र नम्वर १ काे सभापतिमा हिराबहादुर खत्री विजयी :-नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं १ को सभापतिमा हिराबहादुर खत्री निर्वाचित भएका छन् । क्षेत्रीय सभापतिका उमेदवार हिराबहादुर खत्री र विश्वनाथ यादव विच भएको निर्वाचनमा हिराबहादुर खत्रीले १ सय १२ मत प्राप्त गरि सभापतिमा निर्वाचित भएका हुन् भने अर्का उमेदवार विश्वनाथ यादवले ६१ मत प्राप्त गरे ।
त्यस्तै सचिवमा वैजनाथ सहानी, कोषाध्यक्षमा महेश केसी र सदस्यहरुमा मिना पौडेल, लक्षु न्यौपाने, लालबहादुर चौधरी, डिल्लीराज मरासिनी, तेजबहादुर कवर, कोपिला एसि, धु्रवनारायण चौधरी, बबुन्ना गददी, कृष्णमोहन निशाद चयन भएका छन । महासमिति सदस्यमा अब्दुल रज्जाक, दुर्योधन सिंह चौधरी, मणिप्रसाद शर्मा, जीवलाल पराजुली र पार्वति न्यौपाने चयन भएका छन ।महाधिवेशन प्रतिनिधिमा भगवति गैरे, कृष्णप्रसाद पौडेल, रामकृष्ण पौडेल, पारसननाथ योगी, एकबहादुर सुनार, इमलावति गिरी छन् ।
रुपन्देही क्षेत्र नम्वर २ काे सभापतिमा मात्रिकाप्रसाद यादव विजयी :-क्षेत्र नम्वर २ को सभापतिमा मात्रिका प्रसाद यादव विजयी भएका छन् । सचिवमा सुशिल गरुङ र कोषाध्यक्षमा कृष्ण प्रसाल खनाल निर्वाचित भए । महाधिवेशन प्रतिनिधिमा विष्णु थापा शिव प्रसाद नेपाल, जसवन्त बहादुर कुँवर, गोपालमानराज भण्डारी, भगवान प्रसाद चौधरी, बुद्दी बहादुर जि टि, दल बहादुर वि. क., मस्जित अहमत, मञ्जु गौतम, माधवी शर्मा र सोम बहादुर गुरुङ निर्वाचित भए ।यस्तै क्षेत्रिय सदस्यहरुमा पुरन प्रसाद श्रेष्ठ,लेखनाथ भट्टराई,दिपकबहादुर कुंवर,गोरखाथ चौधरी,सन्दिप गुरुङ,चन्द्र शेखर मिश्रा,सुभद्रा पौडेल,राजाराम भर र वृज नारायण यादव निर्वाचित भएका छन् ।
रुपन्देही क्षेत्र नम्वर ३ काे सभापतिमा प्रेम बहादुर फौदार विजयी ,, क्षेत्र नम्बर ५ मा वसिउल्लाह मुसलमान, क्षेत्र नम्बर ६ मा मुकेश यादव र क्षेत्र नम्बर ७ बाट पूर्व सभापति दुर्गा प्रसाद उपाध्याय निविरोध निर्वाचित भएका छन् ।जिल्लाका सात वटैक्षेत्रमा नै संस्थापन र प्रजातान्त्रिक पक्षबाट गरि २ प्यानल चुनावी मैदानमा थिए ।