१२ डाक्टर पक्राउ ,एसएलसीको प्रमाणपत्र नै नक्कली

१२ डाक्टर पक्राउ ,एसएलसीको प्रमाणपत्र नै नक्कली

docrors

काठमाडौं/एसएलसीको प्रमाणपत्र नक्कली भएका १२ जना डाक्टरलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभाग सिआइबीले पक्राउ गरेको छ। २ जना सरकारी अस्पताल र बाँकी निजी अस्पतालमा कार्यरत डाक्टरहरुलाई पक्राउ गरिएको सिआइबीले जनाएको छ।चीनबाट ५ जना, रसिया,भारतबाट,बंगलादेशबाट र पाकिस्तानबाट एमबिबिएस गरेका १-१ जनालाई नियन्त्रणमा लिइएको सिआइबीका डिआइजी हेमन्त मल्ल ठकुरीले जानकारी दिए।नक्कली प्रमाण पत्रहरुको आधारमा अध्ययन गरी सोही आधारमा चिकित्सक दर्ता प्रमाण पत्र लिई चिकित्सक बनि काम कार्य गरेको कारण पक्राउ गरेको ठकुरीले बताए। उनीहरु चिकित्सक दर्ता परीक्षामा उतिर्ण नै नभई बिना दर्ता प्रमाण पत्र रजिष्‍टर्ड चिकित्सक हुँ भनि मानिसहरुको उपचार गराईरेहको थाहा पाएपछि पक्राउ गरेको उनले बताए।डाक्टरहरु सन्तोष कुमार यादव, तुलसीकुमार महतो, रामबाबु गिरी, पशुपतिचौधरी, शमरुलहक महमद, मोहमद सिद्धिकी,कल्याण विश्वास, बिनिता यादव, भगवान केवकमल्लाह, शेलेन्द्र कुमार महतो, श्यामबाबु शाह पक्राउ परेका हुन्।१० जनाले भारतको एसएलसीको  नक्कली प्रमाणपत्र बनाएको र  बाँकी २ जनाको नेपालबाट किनेको अनुसन्धानबाट खुल्न आएको डिआइजी ठकुरीले बताए। पक्राउ गर्न सिआइबीले अप्रेशन क्विक संचालन गरेको थियो।

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •