क्यान्सर उपचाररत भट्टराईलाई आर्थिक सहयोग

1.3K

क्यान्सर उपचाररत भट्टराईलाई आर्थिक सहयोग

गुल्मीको मदाने गाउँपालिकाका वडा नं. ४ बाटुलेका क्यानसर ग्रसित ४१ वर्षीय थम्मन भट्टराईको उपचारको लागि आर्थिक सहयोग प्रदान गरिएको छ । भतरपुर क्यान्सर अस्पतालमा उपचाररत भट्टराईलाई शनिबार ६१ हजार ९६५ रुपैंया आर्थिक सहयोग प्रदान गरिएको हो ।
नेपाली काँग्रेसका कृयाशिल सदस्य तथा नौलोपानी खहरे सामुदायिक बन उपभोक्ता समेत रहेका भट्टराईलाई मदाने गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर कुँवरबाट १० हजार रुपैंया, नेपाली काँग्रेस वडा कार्यसमितिबाट ४६ हजार ४६५ रुपैंया र नौलोपानी खहरे सामुदायिक बन उपभोक्ता समुहबाट ५ हजार ५ सय रुपैंया सहित उपचारका लागि ६१ हजार ९६५ रुपैंया आर्थिक सहयोग प्रदान गरिएको हो ।
उहाँको उपचारमा थोरै भएपनि सहायता होस भन्ने उद्देश्यले आर्थिक सहयोग प्रदान गरिएको गाउँपालिका अध्यक्ष महेन्द्रबहादुर कुवँरले बताउनु भयो । सो सहयोग भट्टराईका ससुरा स्वर्गीय जीवबहादुर खत्रीको परिवारलाई समवेदना व्यक्त गर्ने कार्यक्रममा क्यान्सर ग्रसित भट्टराईको स्वास्थ्य लाभको कामना गरी श्रीमती मीना भट्टराईलाई हस्तान्त्रण गरिएको हो । ८१ वर्षीय खत्रीको निधन भएको १० औं दिनका दिन शनिबार समवेदना कार्यक्रम राखिएको थियो ।
नेपाली काँग्रेस मदाने गाउँपालिकाका सभापति समेत रहनुभएका पालिका अध्यक्ष कुवँरले आफूले पालिकाबाट प्राप्त गर्ने सेवा सुविधा वापतको रकमबाट पार्टी कार्यसमितिको निर्णयमा १० हजार आर्थिक सहयोग गरिएको जानकारी गराउनु भयो । उहाँका अनुसार पार्टीका क्रियाशिल सदस्य भट्टराईको उपचारका लागि नेपाली काँग्रेस मदाने ४ मलेपोखरीबाट ४६ हजार ४६५ र नौलोपानी खहरे सामुदायिक बन उपभोक्ता समुहका सदस्य समेत रहेका भट्टराईलाई उक्त समुहले ५ हजार ५ सय रुपैंया उपचारको लागि सहोग प्रदान गरेको हो ।
गाउँपालिका अध्यक्ष कुवँर आफू निर्वाचित भएपछि आफूले पालिकाबाट प्राप्त गर्ने सेवा सुविधा वापतको रकम पार्टीको खातामा जाने व्यवस्था मिलाउनु भएको छ भने त्यसरी पार्टीको खातामा आएको रकम पार्टी समितिको निर्णयमा शिक्षा तथा स्वास्थ्य लगायतका क्षेत्रमा खर्च गर्ने गरिएको पनि अध्यक्ष कुवँरले बताउनु भयो ।