नेपाल नियमित रक्तदाता संघको आयोजनामा बुटवल–७ स्थित सिद्धेश्वरी लालकुमारी माविको प्राङ्गणमा बृहत् रक्तदान तथा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
कार्यक्रममा संघका अध्यक्ष दयाबहादुर सिलवालको अध्यक्षता तथा वडा अध्यक्ष पदमबहादुर गाहाको प्रमुख आतिथ्य रहेको थियो ।
स्वास्थ्य शिविरमा विशेषज्ञ चिकित्सकहरूले सेवा दिएका थिए भने ४२ जनाले मधुमेह परीक्षण र ८९ जनाले विभिन्न रोगहरूको परीक्षण गराएका थिए । रक्तदान कार्यक्रममा ११ जनाले रगतदान गरे ।
कार्यक्रममा लायन्स क्लब अफ बुटवल लाईट, सिद्धेश्वरी लालकुमारी माध्यमिक विद्यालय, फाइनान्स संस्थाका प्रतिनिधि, चिकित्सक, स्वयमसेवक र स्थानीयको सक्रिय सहभागिता रहेको थियो ।
संघका सदस्य अशेष सिलवालले संयोजन, महासचिव दीपक अधिकारीले सञ्चालन गर्नुभएकाे थियाे ।