विशेषज्ञ स्वास्थ्य सेवा सहित बुटवलको मैत्रीपथमा ‘नागरिक मल्टीस्पेसिलिटी हेल्थ सेन्टर’ सञ्चालनमा आएको छ । उपचारमा आएका विरामीलाई सहज र गुणस्तरीय विशेषज्ञ सेवा दिनेगरी हेल्थ सेन्टर सञ्चालन गरिएको उक्त हेल्थ सेन्टरका अध्यक्ष मेघदेव पन्तले बताउनु भयो ।
उहाँका अनुसार स्वास्थ्य क्षेत्रका अनुभवी युवाहरुको १ करोड लगानीमा सञ्चालन गरिएको उक्त हेल्थ सेन्टरमा विरामीको उपचारमा उत्कृष्ट सेवा प्रदान गरिने छ । नम्र व्यवहार, विश्वासिलो ल्याब र औषधिमा सहुलियत प्रदान गरिने उहाँले बताउनु भयो ।
एकै ठाउँमा धेरै प्रकारका विशेषज्ञ सेवा प्रदान गरिने भएकाले एउटै विरामीलाई धेरै ठाउँमा धाउनुपर्ने बाध्यताको अन्त्य भएको अध्यक्ष पन्तले बताउनु भयो ।
सोमबारदेखि सञ्चालनमा आएको नागरिक मल्टीस्पेसिलिटी हेल्थ सेन्टरमा वरिष्ठ फिजिसियन तथा रक्तरोग विशेषज्ञ डा.बिक्रम कार्की, बरिष्ठ बालरोग विशेषज्ञ डा.सन्तोष पोखरेल, वरिष्ठ फिजिसियन तथा मृगौला रोग विशेषज्ञ डा.जगदिश पाण्डे, बरिष्ठ प्रसुति तथा स्त्री रोग विशेषज्ञ डा.शर्मिला शर्मा, सुगर, प्रेसर, थाईराइड, पेट, छाति, दम तथा मुटुरोग विशेषज्ञ डा.आयुष्मा गौतम, वरिष्ठ मधुमेह, थाईराइड तथा हर्मोन रोग विशेषज्ञ डा.सुमन सिम्खडा, बरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा.लोकेन्द्र कुँवर रहनु भएको छ ।


यस्तै, ल्याप्रोस्कोपिक शल्य चिकित्सक डा.नविन श्रेष्ठ, हाडजोर्नी नशा तथा बाथ रोग विशेषज्ञ डा.सम्राट पराजुली, सुगर, प्रेसर, थाईराइड, पेट, छाति, दम तथा मुटुरोग विशेषज्ञ डा.कपिल गौतम, बालरोग विशेषज्ञ डा.जगदिश कुँवर, नाक कान, घाँटी रोग विशेषज्ञ डा.देबेन्द्रराज बेलबासेले सेवा दिनुहुनेछ ।
यस्तैगरी रेडियोलोजिस्ट विशेषज्ञ डा.प्रशान्त आचार्य, डा.कुन्दन मरासिनी, डा.कबिराज भुसालले दैनिक रुपमा भिडियो ऐक्स–रे सेवा प्रदान गर्ने छन् ।साथै प्लास्टर, प्रयोगशाला, नेबुलाइजेसन, फार्मेसी सेवासँगै बिरामीको घरमै गएर ल्याब जाँचको नमुना संकलन गरीने र औषधिको होम डेलिभरी सेवासमेत प्रदान गरीने अध्यक्ष पन्तले वताउनु भयो ।
यस्तै, शुभारम्भका अबसरमा एक हप्तासम्म निःशुल्क ओ.पि.डि सेवा तथा बिशेषज्ञ डाक्टद्धारा निःशुल्क परामर्श, प्रयोगशाला सेवामा २० प्रतिशत छुट तथा निःशुल्क सुगर, कोलेस्ट्रेल परिक्षण, प्रत्येक दिन ५ जनाको निःशुल्क थाईराइड परिक्षण, भिडियो एक्सरेमा ५० प्रतिशत छुट, ई.सि.जि, एक्सरे र औषधिमा बिशेष छुटको व्यवस्था गरिएको उहाँले जानकारी गराउनु भयो ।
नागरिक मल्टीस्पेसिलिटी हेल्थ सेन्टर शुभारम्भका अबसरमा सोमबार रक्तदान कार्यक्रमसमेत गरिएको थियो । उक्त कार्यक्रममा ३५ युनिट रगत संकलन भएको बताईएको छ ।