सोमबार कांग्रेसका ७५ जिल्लामै अधिवशेनको तयारी, लुम्बिनी अञ्चलबाट को को भिड्दै छन् ? उमेदवारको नाम सहति

1.3K

सोमबार कांग्रेसका ७५ जिल्लामै अधिवशेनको तयारी, लुम्बिनी अञ्चलबाट को को भिड्दै छन् ? उमेदवारको नाम सहति

13th-congress.png.pngलुम्बिनी अनलाईन व्यूरो
बुटवल,माघ । नेपाली कांग्रेसको १३ औ महाधिवशेन अन्तरगत सोमबार देशका ७५ वटै जिल्लामा अधिवशेन हुदै छ । जिल्ला अधिवशेनका लागि नेताहरुको दौडधुप पनि तिब्र भैरहेको छ । लुम्बिनी अञ्चलका सबै जिल्लामा दुई प्यानलविच चुनावी प्रतिशपर्दा हुने भएको छ ।
कोईराला र देउवा पक्ष भएर चुनावी प्रतिशपर्दा गर्दै आएका नेताहरु जिल्ला अधिवशेनसम्म आइृपुग्दा पनि सोहि गुटमा विभाजित भएर मैदानमा आएका हुन् । रुपन्देहीमा देउवा पक्षबाट पुरानै पदाधिकारी दोहोरिने भएका छन् । जसका लागि अध्यक्षमा अब्दुल रज्जाक सचिवमा रामकृष्ण खांण तथा कोषाध्यक्षमा दिपक क्षत्री न्यौपाने उठ्ने भएका छन् । त्यसैगरि कोईराला पक्षबाट सभापतीका लागि अष्टभुजा पाठक सचिवमा थानेश्वर घिमिरे तथा विश्वनाथ यादव कोषाध्यक्षमा उठ्ने भएका छन् । सदस्यमा पनि दुवै पक्षले प्यानल बनाउने भएका छन् ।
उता नवलपरासीमा पनि कोईराला पक्षबाट महेन्द्रध्वज जिसी तथा देउवा पक्षबाट वर्तमान सचिव विष्णु लामिछाने उठ्ने भएका छन् । त्यसैगरि पाल्पामा देउवा पक्षबाट वर्तमान सभापती विर वहादुर राना तथा कोईराला पक्षबाट ज्ञान वहादुर गाहले उमेदवारी दिन सक्ने बताइउको छ ।
उता गुल्मीमा सभापतीका लागि ५ जना उमेदवार मैदानमाउत्रिएका छन् । देउवा पक्षबाट ३ जना उमेदवार रहेका छन् भने कोईराला पक्षबाट दुई जनाले दावी गरेृका छन् । भोली विहानसम्म उमेदवारहरुमा सहमतकिो तयारी भैरहेको छ । सभापती का लागि कोईराला पक्षबाट भुवन श्रेष्ठ रशालिक पन्थी तथा देउवा पक्षाट छन्द पहराई, दामोदर भुषाल र वेद व थापा रहेका छन् ।
यता अर्घाखाचीमा भने सभापतीका लागि कोईराला पक्षबाटै दुई जनाले उमेदवारीको घोषणा गरेका छन् । जसका लागि वर्तमान साभापती कमल भुषाल र विष्णु मुस्कान रहेका छन् तर देउवा पक्षबाट भने बासुदेव आचार्यले उमेदवारी दिने भएका छन् ।
त्यसैगरि छिमेकी जिल्ला कपिलवसतुमा अध्यक्षका लागि तिनजनाको चर्चा रहेको छ । जसका लागि वर्तमान सभापती सुरेन्द्रराज आचार्य र राजु अर्याल कोईरला पक्षबाट तथा राजेश आर्चाय देउवा पक्षबाट सभापतीका उमेदवार रहेका छन् ।