ब्रेन ट्युमरको उपचार गराईरहेका अर्सितकाे उपचारमा किवानिज क्लवको आर्थिक सहयोग

1.3K

ब्रेन ट्युमरको उपचार गराईरहेका अर्सितकाे उपचारमा किवानिज क्लवको आर्थिक सहयोग

बालबालिकाको क्षेत्रमा काम गर्ने किवानिज क्लव अफ रुपन्देही लुम्बिनीले ब्रेन ट्युमरको उपचार गराईरहेका अर्सित सुवेदीको उपचारका लागि आर्थिक सहयोग प्रदान गरेको छ ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. ७ भलवारी निवासी सुवेदीको विगत डेढ वर्षदेखि भारतको मेदान्त ब्रेन ट्युमरको अस्पतालमा उपचार भईरहेको छ । उनको उपचारमा केही भएपनि राहत होस भन्ने उदेश्यले क्लवका सदस्यहरुबाट संकलन गरिएको १ लाख रुपैंया प्रदान गरिएको क्लवका निवर्तमान अध्यक्ष मनोज आचार्यले बताउनु भयो ।
उक्त रकम एक कार्यक्रमका बिच हस्तान्तरण गरिएको हो । ब्रेन ट्युमरको उपचार गराईरहेका बालकको यहि साउन १४ गते अर्थात जुलाई २० मा अप्रेसन हुन लागेको परिवारले जानकारी गराएका छन् ।
सहयोग रकम हस्तान्तरण गर्दै क्लवका अध्यक्ष गोविन्द भुसालले बालबालिकाको क्षेत्रमा काम गर्दै आएको क्लवका सदस्यहरुले आफूसक्दो रकम संकलन गरि ब्रेन ट्युमरको उपचार गराईरहेका बालकलाई उपचारमा सहयोग प्रदान गरिएको बताउनु भयो । उहाका अनुसार कलवले हरेक वर्ष बालकालिकाको क्षेत्रमा काम गर्दै आएको छ ।
यो क्लवले विशेष गरी १८ वर्षभन्दा कम उमेरका बालबालिकाको शिक्षा, स्वास्थ्य, व्यक्तित्व विकास, खेलकुद तथा वातावरणको क्षेत्रमा काम गर्दै आएको छ । कार्यक्रममा क्लवका निवर्तमान अध्यक्ष मनोज आचार्य, संस्थापक अध्यक्ष दिपेश शाही, लुम्बिनी प्रदेशका लेफ्टिेन्ट गभर्नर अमनमान श्रेष्ठ, क्लवका सचिव रोमनाथ गैरे लगायतको उपस्थिती रहेको कार्यक्रम संयोजक अर्जुन पराजुलीले जानकारी गराउनु भयो ।