लुम्बिनीमा कोईराला र देउवाको टक्कर (मत संख्या सहित)

615

लुम्बिनीमा कोईराला र देउवाको टक्कर (मत संख्या सहित)

lll बुटवल माघ । नेपाली कांग्रेसको १३ औ महाधिवशेन अन्तरगत लुम्बिनी अञ्चलमा कोईराला र देउवा पक्षको टक्कर देखिएको छ । अञ्चलका ६ जिल्लाको २६ निर्वाचन क्षेत्रमा भएको अघिवेशनबाट दुवै पक्षका झण्डै वरावर महाधिवशेन प्रतिनिधि चुनिएका छन् । लुम्बिनी अञ्चलमै सबैभन्दा वढि ८४ जना प्रतिनिधि रहेको रुपन्देहीमा कोईराला भन्दा देउवा पक्ष बलियो देखिएको छ । त्यसो त अघांखाचीमा भने देउवा भन्दा कोईराला पक्ष वढि वलियो बनेर आएको छ । अन्य जिल्लामा भने झण्डै झण्डै बराबरको परिणम आएको हो । तर अघांखांची र कपिलवस्तुमा भने दुई नेता वाहेक अन्य नेताको समेत व्यक्तीगत प्रभावका मत रहेका छन् । आघांखाचीमा खुम वहादुर खड्का र कपिलवसतुमा भने रामचन्द पौडेलको व्यक्तीगत मत रहेको बुझिएको छ ।