भारतमा दुर्घटनामा परि खुट्टा भाँचिएका गुल्मीकाे मदानेका शाैरभ पाेखरेललाई गाउँपालिका अध्यक्ष महेन्द्रबहादुर कुवरले उपचारकाे लागि आर्थिक सहयाेग गर्नु भएकाे छ ।
राेजगारीका लागि भारतकाे पञ्जाब, चण्डीगढ़ गएका मदाने ३ सिमका पाेखरेलकाे राेजगारीकै क्रममा दुर्घटनामा परि बायाँ खुट्टा भाचिएकाे थियाे । दुर्घटनामा परि गम्भीर घाइते भई अस्पतालमा ३५ दिन उपचार गरी घर फर्किएका पोख्रेललाई थप उपचारका लागि पालिका अध्यक्ष कुवरले आफूले पालिकाबाट पाउने सुविधा वापतकाे रकमबाट १० हजार रुपैंया आर्थिक सहयाेग गर्नुभएकाे हाे ।
दुर्घटनामा परि गम्भिर घाइते पाेखरेलकाे एक महिना पछि पुनः परीक्षण गराउनु पर्ने छ । तर, आर्थिक अवस्था कमजोर भएका कारण थप उपचारकाे लागि समस्यामा परेका पाेखरेलले बताउनु भयाे ।
उक्त रकम अध्यक्ष कुवरले पोख्रेलकाे घरमै पुगेर हस्तान्तरण गर्नुभएकाे हाे । स्वास्थ्य लाभको शुभकामना व्यक्त गर्दै अध्यक्ष कुवरले भविष्यमा पनि आवश्यक सहयोगका लागि गाउँपालिका सधैं साथमा रहने प्रतिबद्धता व्यक्त गर्नुभयाे ।
स्थानीय स्तरबाट देखाइएको मानवीय सहयोगले पोखरेल परिवारमा आशा र राहत मिलेको प्रतिक्रिया दिएका छन् ।
नेपाली काँग्रेस मदानेका सभापति समेत रहनुभएका पालिका अध्यक्ष कुवरले अध्यक्षमा निर्वाचित भएदेखि नै पालिकाबाट आफूले पाउने सुविधा वापतकाे रकम साेझै पार्टीकाे खातामा जाने प्रवन्ध मिलाउनु भएकाे छ ।
त्यसरी पार्टीकाे खातामा आएकाे रकम पार्टी समितिकाे निर्णयमा शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा खर्च गर्ने गरिएकाे अध्यक्ष कुवरले बताउनु भयाे ।