‘इमिरेट्स कार्गो’ नामक फेक पेज झुक्कियर पनि लाइक नगरौ …….

411

‘इमिरेट्स कार्गो’ नामक फेक पेज  झुक्कियर पनि लाइक  नगरौ …….

ब्रसेल्स/बेल्जियम

फेसबूकमा अहिले   पुरस्कारको लोभमा इमिरेट्स कार्गो नामक पेजबाट आयको सन्देस लाइ धेरै सेयर लाइक तथा उक्त पेज लाइक गरेका छन | तपाइको वालमा पनि तपाइको साथीहरुले सेयर गरेको भय पक्का पनि देख्नु भयो होला | तर नझुक्किनुस है |यो सबै फेक हो |

फेक पेजमा ८ सय जना लक्की बिजेतालाई पहिलो श्रेणीको फ्लाइट प्रदान गरिने भनियको छ | जसमा बिजेता हुनको लागि इमिरेट्स कार्गो नामक पेज सेयर कमेन्टमा ‘THANK YOU ‘ लेख्नुपर्ने पेज लाइक गर्नु पर्ने र sign up’ ‘ गयर क्लिक गन्रु पर्ने भनियको छ | तर यो सबै फेक रहेको छ | यो पेज केहि घन्टा पहिला मात्र खोलियको छ | राम्रो संग हेर्नु भयो भने पेज फेक भयको थाहा लाग्नेछ |

यदि तपाइले सबै गर्नु भयको छ भने अब यो पेजलाई ब्लक गर्न तर्फ लाग्नुहोला | यस्ता पेजहरुले लाइक टन्न गराउने र पछि अर्कै प्रयोजनको लागि प्रयोग गर्ने पाइयको छ | पुरस्कारको लोभमा कोहि पनि नेपालीहरु नफ़सौ|

यसै बिषयलाइ लियर इमिरेट्स एयरलाइन्सलाइ जिज्ञासा राख्दा उसले यो आधिकारिक नभयको जनायको छ | छिट्टै यसलाई बन्द गर्ने तर्फ आफुहरु लागेको जनायको छ |

फेक पेज emirates 2 emirates 1  इमिरेट्स एयरलाइन्स ओर्जिनल पेज  emiratesइमिरेट्स एयरलाइन्सको जवाफ emirates final