मोर्चाद्वारा आमहड्ताल, नाकाबन्दीसहितका विरोध कार्यक्रम स्थगित

1.3K

मोर्चाद्वारा आमहड्ताल, नाकाबन्दीसहितका विरोध कार्यक्रम स्थगित

mahtoooबुटवल,माघ ।संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आमहड्ताल, नाकाबन्दीसहितका विरोध कार्यक्रम स्थगित गरेको छ ।मोर्चाको काठमाडौंमा सोमबार बसेको बैठकले ‘जनताको सुझावअनुसार’ जारी आन्दोलन स्थगन गर्ने निर्णय गरेको जनाएको छ । ‘वर्तमान अवस्थामा मुलुकका समस्या, जनताका आवश्यकता र जनताद्वारा प्राप्त सुझावहरुलाई ध्यानमा राख्दै जारी रहेको आन्दोलनका घोषित कार्यक्रमहरुमध्ये आम हड्ताल, नाका अवरोध र सरकारी कार्यालय बन्दलाई मात्र तत्कालका लागि स्थगित गरी यसका अतिरिक्त आन्दोलनका अन्य कार्यक्रमहरु यथावतै नै रहिरहने छ,’ बैठकपछि जारी विज्ञप्तीमा भनिएको छ ।बैठकले मोर्चाको एक घटक सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोको अभिव्यक्तिले आन्दोलनमा क्षति पुगेको भन्दै सचेत गराएको छ । ‘आन्दोलनकै क्रममा सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोको पछिल्लो कार्य र अभिव्यक्तिबाट आन्दोलनलाई ठूलो क्षति पुग्न गएको हुादा अब उप्रान्त यस्ता क्रियाकलाप नगर्न र नगराउन मोर्चा निर्देश गर्दछ,’ विज्ञप्तीमा भनिएको छ ।मोर्चाको निर्णयमा महतोको हस्ताक्षर छैन ।

मोर्चाले आन्दोलनका कमी कमजोरी सच्याउँदै थप गृहकार्य गरेर तराई मधेस थरुहट र काठमाडौंसहित अन्य क्षेत्रमा पनि परिचालन गर्ने निर्णय गरेको छ । बैठकले मोर्चामा बाहिर रहेका राजनीतिक पार्टी/मोर्चालाई समावेश गर्ने पनि निर्णय गरेको जारी विज्ञप्तीमा उल्लेख छ ।

मोर्चा आन्दोलनरत रहेकै बेलामा आन्दोलन फिर्ता लिएको वा आन्दोलनरत शक्ति पराजित भएको भनि सरकारले प्रायोजित प्रचार गरेको भन्दै मोर्चाले आपत्ति जनाएको छ । उसले जस्तो सुकै कठीन परिस्थितिमा पनि संघर्षबाट पछि नहट्ने अठोट लिएको छ ।

मोर्चाले पुराना केही विरोध कार्यक्रम स्थगन गरे पनि नयाँ आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

बैठकले माघ २९ गते जिल्ला सदरमुकाममा मसाल जुलुस प्रदर्शन गर्ने, फागुन ५ गते जिल्ला सदरमुकामहरुमा लाठी जुलुस निकाल्ने, फागुन ७ गते जिल्ला सदरमुकाममा विरोध सभा गर्ने र ११ बुँदे मागमा जनमत संकलनकारुपमा हस्ताक्षर अभियान चलाउने निर्णय गरेको छ ।

08022016045202morcha-1-1000x0

08022016045201morcha-1000x0