भैरहवा । नेपाली कांग्रेसको रुपन्देहीको सभापति सहित पदाधिकारी पदमा पुरानै दोहोरिएको छ । राती सम्पन्न मत परिणाम अनुसार सभापतिमा अब्दुल रज्जाक पुनः निर्वाचित भएका छन् । निवर्तमान पार्टी सभापति समेत रहनु भएका रज्जाकले ६ सय ३७ मत प्राप्त गरी दोश्रो कार्यकालको लागि सभापतिमा निर्वा्चित भएका हुन् । रज्जाक क्षेत्र नम्बब १ को सांसद समेत हुनु ।
उनका प्रतिद्धन्दि अष्टभुजा पाठकले ४ सय ४२ मत प्राप्त गरे । पाठक क्षेत्र नबर ६ का पूर्व सभापति हुन । यसै गरी सचिव पदमा निर्वतमान सचिव रामकृष्ण खांड ६ सय ४० मत प्राप्त गरी विजयी भएका छन् । उनका प्रतिद्धन्दि थानेश्वर घिमिरेले ४ सय १२ मत प्राप्त गरे ।
यसै गरी कोषध्यक्षमा निर्वतमान कोषध्यक्ष दीपक क्षत्री न्यौपाने ६ सय २९ मत प्राप्त गरी विजयी भए । उनका प्रतिद्धन्दि विश्वनाथ यादवले ४ सय १० मत प्राप्त गरे । यसै गरी क्षेत्र नम्बर १ बाट जिल्ला सदस्यमा दुर्गा बहादुर राना, बासुदेव रिमाल, अकवाल खां, हरि काफ्ले र महिला सदस्यमा भगवती बस्याल निर्वा्चित भएका छन ।
यस्तै क्षेत्र नम्बर २ बाट विष्णु थापा, ओम श्रेष्ठ, रामकिसन बिक, राम बहादुर कार्कि र मीना भण्डारी निर्वाचित भएका छन । यस्तै क्षेत्र नम्बर ३ बाट रमा खड्का, कृष्णबहादुर गौतम, हरि प्रसाद तिवारी, गणेश प्रसाद शर्मा र शिवराम न्यौपाने निर्वाचित भए ।
यस्तै क्षेत्र नम्बर ४ बाट फणिन्द शर्मा, रामवलि चौधरी, मायां गौतम, नारायण पुन, गोविन्द लम्साल विजयी भएका छन भने क्षेत्र नम्बर ५ बाट सुनिल मरासिनि, दीलबहादुर राना, चन्द्रमणि शर्मा, तारा बेलवासे निर्वाचित भएका छन । राजमति कुवर निर्विरोध निर्वाचित भए ।
यस्तै क्षेत्र नम्बर ६ बाट अशोक कुमार त्रिपाठि, रमेश प्रसाद यादव, राजकुमार सिंह, विनोद कुमार श्रीवास्तव निर्वाचित हुनु भएको छ भने सिबुन निषा निर्विरोध निर्वाचत भएका छन ।
क्षेत्र नम्बर ७ मा भने रुद्रनाथ चौधरी, अवधराम यादव, श्रीराम यादव, बलिराम लोध र पूण्यकुमारी यादव निर्विरोध निर्वाचित भए । १ हजार १ सय ३ जना मतदाता रहेको रुपन्देही कांग्रसले अव उपसभापति, सचिव लगाएत प्रत्येक क्षेत्रबाट मनोनित गरी कार्य समितीलाई पूर्णता दिने छ ।