कोईरालाको शव केहीवेरमा पार्टी कार्यालयमा राखिदै, आकस्मीक बैठक पनि बस्दै

217

कोईरालाको शव केहीवेरमा पार्टी कार्यालयमा राखिदै, आकस्मीक बैठक पनि बस्दै

Koirala-death.jpg

काठमाडौं । हृदयघातका कारण निधन भएका नेपाली काँग्रेसका सभापति सुशील कोईरालाको पार्थीव शरिर अहिले केहीवेरमा पार्टी केन्द्रीय कार्यालय सानेपामा लागिने भएको छ। अहिले विहान ८ बजे देखि पार्टी केन्द्रीय कार्यालय सानेपामा उनको शव राखिने काँग्रेस महामन्त्री प्रकाशमान सिंहले जानकारी दिए ।
पार्टी कार्यालयमा उनलाई अन्तीम श्रद्धान्जलीका लागि राखिने भएको हो । उहाँको अन्त्यष्टी गर्ने कार्यतालिका बनाउन काँग्रेस केन्द्रीय कार्य समितिको आकस्मीक बैठक पनि आजै बस्ने भएको छ । विहान ११ बजे पछि पार्टी केन्द्रीय कार्यालयमै केन्द्रीय समितिको बैठक बस्ने भएको हो । बैठकले उनी प्रति शोक प्रस्ताव पारित गर्नुका साथै अन्त्यष्टीको कार्यतालिका बनाउने महामन्त्री सिंहले बताए ।
अधिवेशनका लािग काँग्रेसका अधिकाँश केन्द्रीयस्तरका नेताहरु जिल्ला जिल्लामा गएको र जिल्ला जिल्लाबाट कार्यकर्ता आउन पनि समय लाग्ने भएकाले आजै अन्त्यष्टी हुने संभावना भने कम रहेको छ । महामन्त्री सिंहले सवै कार्यकर्ताहरुलाई उनीप्रति श्रद्धान्जली गर्ने अवसर दिनका लागि भोली मात्रै अन्त्यष्टी हुन सक्ने जानकारी दिए ।
त्यसैगरी पार्टीको जारी स्थानीय तहको अधिवेशनका बारेमा पनि बैठकले निर्णय गर्ने भएको छ । बैठकले स्थानीयस्तरका अधिवेशन स्थगीत गर्ने निर्णय गर्ने काँग्रेस नेताहरुले जानकारी दिएका छन् । केन्द्रीय महाधिवेशनका बारेमा भने आजै निर्णय हुने संभावना न्युन रहेको छ ।
कोईरालाको पार्थीव शरिरमा श्रद्धान्जलीका लागि विहानै देखि काँग्रेस नेता तथा कार्यकर्ताहरु उनको निवास महारजगञ्जमा जम्मा भएका छन्