कोइरालाले अन्तिम स्वास लिंदै भनेका थिए–मैले बुझिसकेँ

253

कोइरालाले अन्तिम स्वास लिंदै भनेका थिए–मैले बुझिसकेँ

Koirala-death.jpg

काठमाडौं, माघ २६/नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री सुशील कोइरालाको ७७ वर्षको उमेरमा निधन भएको छ। कोइरालाको गएराति १२ बजेर ५० मिनेट जाँदा महाराजगन्जस्थित आफ्नै निवासमा निधन भएको हो।कोइरालाले अन्तिम पटक आफ्ना निजी सहयोगी कृष्ण अर्याल र निजी चिकित्सक डा‍. करबीर योगीसँग सम्बाद गरेका थिए। उनीहरुको सँगको सम्बादमा कोइरालाले भनेका थिए– दुई शब्द त्यो हो–‘मैले बुझिसकेँ’। कोइरालाले यो भनाईसँगै गएराति संसार छोडे।कोइरालालाई गएराति अलिक बढी गाह्रो भएपछि निजी चिकित्सक डा। योगीलाई निवासमै बोलाइएको थियो। कोइरालाका निजी चिकित्सक योगीले ‘टाइप टु रेस्पिरेटरी फेलियर’ का कारण कोइरालाको निधन भएको जानकारी दिएका छन्।‘टाइप टु रेस्पिरेटरी फेलियर’मा मानिसको शरिरले हावाबाट अक्सिजन लिन र शरीरमा भएको कार्बनहाइ अक्साइड बाहिर फाल्न असमर्थ हुन्छ।  पल्स एक्कासी कम हुँदै गएपछि उपचारका सम्बन्धमा निजी चिकित्सक योगीसँगको कुराकानीका क्रममा कोइरालाले–‘मैले बुझिसकेँ’ भनेका थिए।गाह्रो भएपछि अन्तिम समयसम्म पनि कोइरालालाई अक्सिजन र नेवुलाइजर दिइएको थियो। कोइरालालाई पछिल्लो समय निमोनिया र ज्वरो देखिएको थियो। उनलाई निजी चिकित्सक र आवश्यकताअनुसार विशेषज्ञ चिकित्सकहरुले सेवा पुर्याउँदै आएका थिए।कोइरालामा दमको समेत प्रभाव देखिएकोले उनले केही दिन अगाडिदेखि आवश्यकता अनुसार नेवुलाईजर र अक्सिजन लिने गरेका थिए। कोइरालामा केही दिन यता निद्रा पनि कम हुँदै गएको थियो।यस्तो बेलामा  टेलिभिजनमा देश विदेशका समाचार हेर्दै नेपालको अवस्थाका बारेमा आफ्ना सहयोगीसंग चिन्ता व्यक्त गर्ने गर्दथे।पार्टीको बाह्रौ अधिवेशनबाट सभापति निर्वाचित सभापति कोइराला त्यस पूर्व कार्यबाहक सभापति,पार्टी महामन्त्री र केन्द्रीय सदस्यको रुपमा रही पार्टी मार्फत देश र जनताको सेवामा संलग्न  भएका थिए।विधानसभाबाट संविधान निर्माण गर्ने कार्यको नेतृत्व गरेका संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालका नायक कांग्रेस सभापति तथा तात्कालीन प्रधानमन्त्री कोइरालाले आफ्नो बचनबद्धताअनुरुप संविधान सभाबाट संविधान जारी भएपछि नयाँ प्रधानमन्त्री चयनको मार्ग प्रशस्त गरेका थिए।कोइराला अाफू प्रधानमन्त्री हुँदा भारत, चीन, म्यानमार, संयुक्त राज्य अमेरिका, बेल्जियम, लक्जेम्बर्ग,इण्डोनेशियाको भ्रमण गरेका थिए। प्रधानमन्त्री पदमा रहँदा भ्रमण मार्गमा यूएइको अबुधावी, थाइलैण्डको पनि भ्रमण गरेका थिए।उनले संयुक्त राष्ट्रसंघको ६९ आैं महासभा, अफ्रो एशियाली शिखर सम्मेलनको स्वर्ण महोत्सवको उपलक्ष्यमा आयोजित जकार्ता र वाङडुङ सम्मेलनमा सम्बोधन गरी विश्वमा लोकतन्त्रक व्यवस्थाका माध्यमबाट शान्ति,सद्भाव कायम गर्दै विश्वभर सुख शान्ति र समृद्धि फैलाउन आग्रह गरेका थिए।