नेपाल मेडिकल काउन्सिल सदस्यमा डा. सम्राटकाे उमेद्वारी घाेषणा

1.3K

नेपाल मेडिकल काउन्सिल सदस्यमा डा. सम्राटकाे उमेद्वारी घाेषणा

आगामी पुसमा हुन गईरहेकाे नेपाल मेडिकल काउन्सिलकाे सदस्य पदमा बुटवलका हाडजाेर्नी राेग विशेषज्ञ डा. सम्राट पराजुलीले उम्मेद्वारी घाेषणा गर्नुभएकाे छ । उहाँले आज शनिबार बुटवलमा पत्रकार सम्मेलन गरि काउन्सिलकाे सदस्य पदमा उम्मेदवारी घाेषणा गर्नुभएकाे हाे ।
नेपाल मेडिकल काउन्सिललाई डाक्टरमैत्री र पारदर्शी बनाउने,  निश्पक्ष व्यावसायिक नियमन, नैतिक र जवाफदेही स्वास्थ्य सेवा तथा काउन्सिललाई प्रादेशिक संरचनामा पुर्याउने याेजना सहित काउन्सिल सदस्यमा उम्मेद्वारी घाेषणा गर्नुभएकाे हाे । नेपाल मेडिकल काउन्सिलमा नयाँ नेतृत्व चयनका लागि काठमाण्डाैं उपत्यका बाहिर पुसकाे ४ र ४ गते तथा काडमाण्डाैं उपत्यका भित्र पुसकाे ११ र १२ गते निर्वाचनकाे मिति तय गरिएकाे छ ।

पत्रकार सम्मेलनमा नेपाल चिकित्सक संघ लुम्बिनीका अध्यक्ष डा. कृष्ण खरेलले डा. सम्राटलाई यस क्षेत्रबाट साझा उम्मेद्वारका रुपमा अगाडि सारिएकाे बताउँदै साथ र सहयाेगका लागि सबैलाई आग्रह गर्नुभयाे । त्यस अवसरमा विभिन्न अस्पतालहरुमा नेतृत्वदायी भूमिकामा रहेका डाक्टरहरुकाे समेत उपस्थितिले डा. सम्राटलाई उत्साहित बनाएकाे थियाे ।