स्वर्गीय कोइरालालाई राजकीय सम्मानसहित अन्तिम विदाइ गरिने,बुधबार सार्वजनिक विदा , श्रद्धाञ्जली दिन भारतीय विदेश मन्त्री सुष्मा स्वराज काठमाडौं

516

स्वर्गीय कोइरालालाई राजकीय सम्मानसहित अन्तिम विदाइ गरिने,बुधबार सार्वजनिक विदा , श्रद्धाञ्जली दिन भारतीय विदेश मन्त्री सुष्मा स्वराज काठमाडौं

parti karyalay

काठमाडौं, माघ २६ /पूर्वप्रधामन्त्री एवं नेपाली कांग्रेस सभापति सुशील कोइरालालाई राजकीय सम्मानसहित अन्तिम विदाइ गरिने भएको छ। मंगलबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो।शान्तिमन्त्री एकनाथ ढकालका तीन दिनसम्म राष्टिय झण्डा झुकाइने छ। कोइरालाको अन्त्यष्टिमा आउने विदेशी पाहुनालाई व्यवस्थापन गर्ने जिम्मा गृहमन्त्री शक्तिबहादुर बस्नेतलाई दिइएको छ |कोइरालाको। सम्मानमा बुधबार सार्वजनिक विदा हुने भएको छ। मंगलबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले एक दिन विदा दिने निर्णय गरेको हो। कोइरालाप्रति श्रद्धाञ्जली दिन भारतीय विदेशमन्त्री शुष्मा स्वराज नेपाल आउने भएकी छन्।कोइरालको अन्त्येष्टीमा सहभागी हुन भारतीय विदेशमन्त्री स्वराज बुधबार नेपाल आउने शान्तिमन्त्री एकनाथ ढकालले सेतोपाटीलाई जानकारी दिए। मंगलबार बिहान बसेको मन्त्री परिषद बैठकले कोइरालाको अन्त्येष्टी बुधबार गर्ने निर्णय गरेको छ। कोइरालाको बुधबार राष्ट्रिय सम्मानसहित अन्त्यष्टि गरिने भएको छ। बुधबार दिउँसो २ बजेपछि दशरथ रंगशालाबाट कोइरालाको शव यात्रा गर्ने कांग्रेस केन्द्रीय समितिको बैठकले निर्णय गरेको छ।सो बैठकलले परिवारले स्वीकृति दिएमा कोइरालाई अन्त्येष्टी विद्युतीय शव दाह गृहमा गर्ने पनि निर्णय गरेको छ। पूर्व प्रधानमन्त्री कोइरालाको अन्त्यष्टि विद्युतीय शव दाह गृहमा गरे भर्खरै सञ्चालनमा आएको विद्युतीय शव दाहगृह प्रति रहेका भ्रम हटाउन सहयोग पुग्ने कांग्रेस केन्द्रीय समितिको ठहर छ।