नेप्टी कामीकाे उपचारकाे लागि अध्यक्ष कुँवरद्वारा आर्थिक सहयाेग

1.3K

नेप्टी कामीकाे उपचारकाे लागि अध्यक्ष कुँवरद्वारा आर्थिक सहयाेग

गुल्मीकाे मदाने गाउँपालिका दलित सुकुम्बासी समुदायकी ८२ वर्षीया नेप्टी कामीकाे उपचारकाे लागि गाउँपालिका अध्यक्ष महेन्द्रबहादुर कुँवरले आर्थिक सहयाेग गर्नुभएकाे छ । अस्वस्थ्य भई जिल्ला अस्पताल तम्घासमा उपचाररत बहुदलिय प्रजातन्त्र र समाजवादका अनुयायी स्व. यमे कामीकी श्रीमती नेप्टीलाई अध्यक्ष कुँवरले अस्पतालमै पुगेर उपचारकाे लागि १० हजार रुपैया प्रदान गर्नुभएकाे हाे ।
बहुदलीय व्यवस्था पुनःस्थापनापछि वि.सं. २०४८ मा सम्पन्न पहिलो आमनिर्वाचनमा गुल्मी–३ बाट नेपाली कांग्रेसका तर्फबाट निर्वाचित स्व. रद्रमणी भण्डारीको सम्मानमा साविक पुर्कोट दहमा आयोजित विजय उत्सव समारोहको सभापतित्व बहुदलिय प्रजातन्त्र र समाजवादका अनुयायी स्व. यमे कामीले गर्नुभएकाे थियाे ।
नेपाली काँग्रेस मदानेका सभापति समेत रहनुभएका गाउँपालिका अध्यक्ष कुँवरले अध्यक्षमा निर्वाचित भएदेखि नै आफूले पालिकाबाट पाउने सेवा सुविधा वापतकाे रकम सिधै पार्टीकाे खातामा जाने व्यवस्था मिलाउनु भएकाे छ । त्यसरी पार्टीकाे खातामा आएकाे पैसा पार्टी समितिकाे निर्णयमा स्थानीय नागरिककाे स्वास्थ्याेपचार, शिक्षा तथा अन्य सामाजिक गतिविधिमा याेगदान गर्दै आएकाे उहाँले बताउनु भयाे ।
नेपाली काँग्रेसकाे नीति, निष्ठा र आदर्श बोकेका कामीकी श्रीमती नेप्टीकाे उपचारमा सहयाेग गर्ने पार्टीकाे निर्णय अनुसार अस्पतालमै पुगेर हस्तान्तरण गरिएकाे हाे । उक्त सहयाेग रकम हस्तान्तरण गर्दै अध्यक्ष कुँवरले कामी परिवारको दीगो स्वास्थ्य सुधारकाे कामना पनि गर्नुभयाे ।