मष्तिष्क घात भएका नरहरि आचार्य खतरामुक्त

455

मष्तिष्क घात भएका नरहरि आचार्य खतरामुक्त

narhari

काठमाडौं । कांग्रेस नेता नरहरि आचार्यको अवस्था खतरामुक्त रहेको बताइएको छ । न्यूरो अस्पताल बाँसबारीले पत्रकार सम्मेलन गर्दै नेता आचार्यलाई उच्च रक्तचापको समस्याले मष्तिष्क घात भएको बताएको छ । न्यूरो अस्पतालका प्रबन्धक डा.उपेन्द्र देवकोटाले ब्रेन ह्याम्ब्रेज भएको र शल्यक्रिया गर्ने नगर्नेबारे थाहा पाउन ९६ घण्टा निगरानीमा राख्नु पर्ने भएकाले अहिले नै भन्न नसकिने बताए ।
केही समय औषधीले काम गर्ने देवकोटाले बताएका छन् । कांग्रेस सभापति सुशील कोइरालाको निधनकोे केहीबेरपछि एका एक बेहोस भएका कांग्रेस नेता नरहरि आचार्यलाई मस्तिष्कघात भएपछी मंगलबार बिहान राजधानीको बाँसबारीस्थित गंगालाल हृदयरोग केन्द्रमा भर्ना गरिएको थियो ।
आचार्यको मुटुमाभन्दा पनि मस्तिष्कमा समस्या देखिएपछि गंगालालले न्यूरो अस्पताल रिफर गरेको थियो ।उपचारमा संलग्न वरिष्ठ स्नायुरोग विशेषज्ञ डा. उपेन्द्र देवकोटाले आचार्यको उच्च रक्तचापका कारण मस्तिष्कको नसा फुटेको जानकारी दिए । नसा फुटेपछि मस्तिष्कमा जमेको रगतलाई हटाउन औषधि चलाइएको र यस्तो अवस्थामा तत्काल शल्यक्रिया गर्न जोखिम हुने डा. देवकोटाले जानकारी दिए ।
आचार्यको स्वास्थ्य अवस्थाबारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा डा. देवकोटाले आचार्यलाई अतिसघन उपचारकक्षमा राखिएको र अवस्था गम्भीर तर स्थीर रहेको बताए । चिकित्सकहरुले आचार्यका परिवार तथा सुभेच्छुकहरुलाई तत्काल भेट्न नमिल्ने बताएका छन् ।
मस्तिष्कघातका कारण आचार्यको शरीरको दाहिने भागमा पक्षघात भएको छ । जसले दाहिने हात चल्न सकेको छैन । आँखा खोलेपनि आचार्य बोल्न नसक्ने अवस्थामा रहेको चिकित्सकले बताएका छन् । आचार्यको स्वास्थ्यवस्थाबारे जानकारी लिन उपप्रधानमन्त्री विजयकुमार गच्छदारलगायत न्यूरो अस्पताल पुगेका थिए ।