कोइरालाको पार्थिव शरीर रातभर रंगशालामै, बिहान ९ बजेबाट श्रद्धान्जली खुल्ला

631

कोइरालाको पार्थिव शरीर रातभर रंगशालामै,  बिहान ९ बजेबाट श्रद्धान्जली खुल्ला

sa

काडमाडौं । कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री सुशील कोइरालाको पार्थिव शरीर मंगलबार रातभर दशरथ रंगशालामा नै राखिने भएको छ । रंगशालाको सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ । श्रद्धाञ्जलीका लागि वुधबार बिहान ९ बजे मात्र रंगशाला खुला गरिने कांग्रेस नेताहरुले बताएका छन् ।
कोइरालाको मंगलबार बिहान ७८ वर्षको उमेरमा असामयिक निधन भएको हो । कोइरालालाई देशका विशिष्ट व्यक्तिहरु र छिमेकी राष्ट्रबाट आएका विशिष्ट व्यक्तिहरुले सम्मानका साथै श्रद्धासुमन अर्पण गरेका छन् । कोइरालाको बुधवार साँझ पशुपती आर्यघाटमा राजकिय सम्मानका साथ अन्त्येष्टी गर्ने सरकारले निर्णय गरेको छ । कोइराला परिवारकै चाहाना अनुरुप अन्तिम संस्कार गर्ने कांग्रेस नेताहरुको भनाई छ ।