राजकीय सम्मानका साथ कोइरालाको अन्त्येष्टि गरिँदै,भतिज अतुल कोइरालाले दागबत्ती दिने

1.3K

राजकीय सम्मानका साथ कोइरालाको अन्त्येष्टि गरिँदै,भतिज अतुल कोइरालाले दागबत्ती दिने
aa
काठमाडौं,माघ, नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री सुशील कोइरालाको राजकीय सम्माका साथ बुधवार अन्त्येष्टि गरिँदैछ। मंगलबार ७८ वर्षको उमेरमा निधन भएका पूर्वप्रधानमन्त्री कोइरालाको बुधवार पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गर्न लागिएको हो।
कोइरालाको अन्त्येष्टि राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा हिन्दू परम्पराअनुसार गरिने छ।  मंगलबार निधन भएका कोइरालाको पार्थिव शरीरलाई श्रद्धाञ्जलिका लागि केही समय पार्टी कार्यालयमा राखेर पछि  त्रिपुरेश्वर दशरथ रङ्गशालामा ल्याएर राखिएको छ।
काठमाडौं बाहिर रहेका कांग्रेस नेता, कार्यकर्ता, आफन्त र सुभच्छेकहरु आउन ढिलो भएकाले कोइरालाको पार्थिव शरीर बुधवार अपराह्न २ बजेसम्म श्रद्धाञ्जलीका लागि राखिने र त्यसपछि रङ्गशालाबाट शवयात्रा गरी आर्यघाटमा पु¥याएर अन्त्येष्टि गरिने कांग्रेसले जनाएको छ।
कोइरालाको अन्तिमसंस्कार उनका परिवार र आफन्तको इच्छाबमोजिम  हिन्दू परम्पराअनुसार नै गरिने छ। कोइरालाको पार्थिव शरीरलाई उनका  भतिजा अतुल कोइरालाले दागबत्ती दिनेछन्।
कोइरालाको अन्त्येष्टि राजकीय सम्मानका साथ गर्ने निर्णय गर्दै सरकारले आज सार्वजनिक विदा दिएको छ।