नेपाल स्वास्थ्यकर्मी संघको आठौँ केन्द्रीय महाधिवेशनबाट नयाँ केन्द्रीय कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित भएको छ । रुपन्देहीको तिलोत्तमामा सम्पन्न महाधिवेशनबाट सर्वसम्मत संघको नेतृत्व चयन गरिएको निर्वाचन समितिले जनाएको छ ।
निर्वाचन समितिका अनुसार अध्यक्षमा दिपकराज भट्ट निर्वाचित हुनुभएको छ । त्यस्तै, वरिष्ठ उपाध्यक्षमा विश्वबन्धु विनयी चयन हुनुभएको छ । उपाध्यक्षहरूमा मिना श्रेष्ठ, बसन्तकुमार आचार्य, हरिहर तिवारी, रमेश दङ्गाडी, हरिबहादुर खड्का, मुरारी आचार्य, शारदाकुमारी अघात, केदारनाथ शाह र कमल नारायण चौधरी निर्वाचित हुनुभएको छ ।
महासचिवमा विष्णु लामिछाने निर्वाचित हुनुभएको छ भने उपमहासचिवहरूमा डिलेश्वर श्रेष्ठ, जगेश्वर मण्डल, डबलबहादुर बि.सी., निखिल पोखरेल र अनिल सेन ठकुरी चयन हुनुभएको छ । कोषाध्यक्षमा सुरेश दवाडीलाई चयन गरिएकाे छ ।
त्यसैगरी सचिव पदमा चिरञ्जीवी पाण्डे, मदन पोखरेल, प्रतिमा सिंह, ताराबहादुर बस्नेत, शिवजीत खनाल, हेमप्रसाद खनाल र गोविन्दराम योगी निर्वाचित हुनुभएको छ ।
केन्द्रीय सदस्यहरूमा गणेशप्रसाद खनाल, प्रमोदप्रसाद खनाल, पुनम कुमारी शाह, गजेन्द्रबहादुर शाही, इन्द्रा लोहनी, विष्णुप्रसाद खनाल, सुजता भट्टराई, लक्ष्मणनाथ योगी, बमप्रसाद भट्ट, अनिलकुमार शाह, रमेशकुमार खत्री, हरिप्रसाद जैसी, प्रदीप योगी, मिनाकुमारी कार्की, होमनाथ सुवेदी, छेन्द्रकुमार सिंह, गंगा रेग्मी, गणेशराज पौडेल, सिताराम चौधरी, लोकप्रकाश रोकाया, नवाज खड्का, विष्णुप्रसाद शर्मा, आलोककुमार चौधरिया, हिरालाल शाह, रोशन श्रेष्ठ र धुर्वराज घिमिरे निर्वाचित हुनुभएको निर्वाचन समिति संयाेजक अधिवक्ता विक्रम केसीले जानकारी दिनुभयाे ।
नव निर्वाचित नेतृत्वले स्वास्थ्यकर्मीको हकहित, पेशागत सुरक्षा, गुणस्तरीय स्वास्थ्य सेवा र स्वास्थ्य नीतिमा प्रभावकारी भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेको छ ।