लुम्बिनी फलफूल तरकारी थोक व्यवसायी संघमा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरिएको छ । संघको सोमबार सम्पन्न १९ औं साधारण सभा तथा ७ औं अधिवेशनबाट नुरुदिन शाहको नेतृत्वमा सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन गरिएको हो ।
अधिवेशनबाट अध्यक्षमा नुरुदिन शाह निर्वाचित हुनुभएको छ । त्यस्तै, वरिष्ठ उपाध्यक्षमा मोहम्मद याकूब, उपाध्यक्षमा सुरेन्द्र कुमार कान्दू, महासचिवमा मेघनाथ पौडेल, सचिवमा मनिस बर्नवाल र कोषाध्यक्षमा प्रकाश पाण्डेलाई चयन गरिएको छ ।
नवनिर्वाचत कार्यसमिति सदस्यहरूमा मोहम्मद मुनौवर राईन्, कृष्णमणी खनाल, खिमराज पोखरेल, राजन बर्नवाल र विपिन अग्रहरी रहनु भएको छ । नव–निर्वाचित कार्यसमितिले संघको संगठन सुदृढीकरण तथा व्यवसायीको हकहितका लागि सक्रिय रूपमा काम गर्ने प्रतिबद्धता जनाएको छ ।