नेपाल प्रहरीले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि १ लाख ३३ हजार ५ सय निवाचन प्रहरी (प्रहरी जवान) भर्ना खुला गरेको छ । नेपाल प्रहरी प्रधान कार्यालयले सूचना जारी गर्दै इच्छुक नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको हो ।
सूचनाअनुसार दरखास्त २०८२ असार २५ गतेदेखि श्रावण २५ गतेसम्म सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा बुझाउन सकिनेछ । उम्मेदवार नेपाली नागरिक हुनुपर्ने, न्यूनतम कक्षा ८ उत्तीर्ण, उमेर १८ देखि ५४ वर्ष भित्र र शारीरिक-मानसिक रूपमा स्वस्थ हुनुपर्ने व्यवस्था गरिएको छ ।
छनोट भएका निवाचन प्रहरी निर्वाचन अवधिभर सुरक्षामा खटाइनेछन् ।