प्रभु केवलकारलाई गुणस्तरीय व्यवस्थापनको अन्तर्राष्ट्रिय मान्यता

1.3K

प्रभु केवलकारलाई गुणस्तरीय व्यवस्थापनको अन्तर्राष्ट्रिय मान्यता

प्रभु केवलकार एण्ड टुरिजम लिमिटेडले व्यवस्थापन प्रणाली र सेवा गुणस्तरमा अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्दै आईएसओ ९००१:२०१५ प्रमाणपत्र हासिल गरेको छ । कम्पनीले निर्धारित मापदण्डअनुसार प्रभावकारी व्यवस्थापकीय क्षमता प्रदर्शन गर्दै सेवाग्राहीमैत्री सेवा प्रदान गरेकाले यो प्रमाणपत्र प्रदान गरिएको हो ।
आईएसओ ९००१:२०१५ प्रमाणपत्र गुणस्तरीय व्यवसाय सञ्चालन, सन्तुलित व्यवस्थापन प्रणाली र सेवा प्रवाहमा निरन्तर सुधार गर्ने कम्पनीलाई मात्र प्रदान गरिन्छ । प्रभु केवलकारले नेपालको प्रचलित ऐन–कानून अनुरूप आवश्यक कार्यविधि तथा विनियमावली तयार गरी नियन्त्रण र सन्तुलनको संयन्त्रसहित कम्पनी सञ्चालन गर्दै आएको आधारमा प्रमाणपत्र पाएको जनाएको छ ।
कम्पनीका अनुसार अमेरिकास्थित गुणस्तर मापदण्ड प्रमाणिकरण संस्था ‘रेजिस्टेक’ले प्रभु केवलकार एण्ड टुरिजम लिमिटेडलाई आईएसओ ९००१:२०१५ प्रमाणपत्र प्रदान गरेको हो ।