कोइरालाको सम्झना गर्दै बेल्जियम स्थित दुतावासमा आधा झन्डा झुकाइयो

837

कोइरालाको सम्झना गर्दै  बेल्जियम स्थित दुतावासमा आधा झन्डा झुकाइयो

ब्रसेल्स /बेल्जियम

कांग्रेसका सभापति तथा पुर्व प्रधानमन्त्री सुसिल कोइरालाको शोकमा नेपाली दुतावास बेल्जियममा मन्त्रिपरिषद राष्ट्रिय झण्डा आधा झुकाइयको छ | मन्त्रि परिषदको बैठकले कोइरालाको शोकमा विदेस स्थित नेपाली कुटनैतिक नियोगहरुमा ३ दिनसम्म राष्ट्रिय झण्डा आधा झुकाउनुका साथै शोक पुस्तिका राख्ने निर्णय गरेको थियो | सोहि अनुरुप बेल्जियम स्थित यूरोपका सबै दुतावास हरुमा आधा झन्डा झुकाइयको छ |

बेल्जियम स्थित नेपाली नेपाली दुतावासका अनुसार भोलि र पर्सि (११ र १२ तारिख)का दिनमा सोक पुस्तिका राखिने छ | बेल्जियम लगायत अन्य देसहरु बाट पनि नेपालीहरुले आयर शोक पुस्तिकामा आफ्नो समवेदना संदेश राख्न सक्नेछन | दुतावासका अनुसार बेल्जियम स्थित सबै कुटनैतिक नियोग तथा यूरोपियन युनियन ,पार्लिमेंटलाइ सो कुराको जानकारी पत्र द्वारा दिइयको छ |

बेल्जियम स्थित सबै नेपालीहरुले कार्यलय समय भित्र आयर शोक पुस्तिकामा आफ्नो सन्देस लेख्न दुतावासले आग्रह गरेको छ |
दुतावास सम्म पुग्नको लागि ठेगाना

Office Hours:
9:00h to 17:00h

Address of the Embassy:
Embassy of Nepal/
Mission of Nepal to the European Union
210 Avenue Brugmann
1050 Brussels
Belgium

Tel: 0032 2 346 26 58
Fax: 0032 2 344 13 61
Email: embn@skynet.be