लुम्बिनी प्रदेशमा माघ १ र २ गते सार्वजनिक विदा दिईएकाे छ । लुम्बिनी प्रदेश सरकारले माघ १ र २ गते माघे संक्रान्ति पर्व विदा दिएकाे हाे ।
२०८२ सालका लागि थप सार्वजनिक तथा पर्व विदाका लागि प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले यस अगाडि नै निर्णय लिएकाे थियाे । आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रदेश राजपत्रमा प्रकाशित सूचनामा माघ १ र २ गते र प्रदेशभर सार्वजनिक विदा हुने उल्लेख छ ।
साेही अनुसार १ र २ गते पर्व तथा सार्वजनिक प्रयोजनका लागि प्रदेशभर विदा लागू हुने जनाइएको छ । प्रदेश सरकारले सामाजिक, सांस्कृतिक तथा धार्मिक महत्वका पर्वलाई मध्यनजर गर्दै सार्वजनिक विदा तय गरिएको जनाएको छ । घोषित विदा प्रदेशअन्तर्गतका सबै सरकारी कार्यालय, सार्वजनिक संस्थान तथा शैक्षिक संस्थामा लागू हुनेछ ।

