रुपन्देही क्षेत्र नं. २ मा एक जना उम्मेद्वारकाे उम्मेद्वारी खारेज भएकाे छ । रुपन्देहीकाे क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेद्वारी दिएकी नागरिक सार्वभाैम पार्टीकी उम्मेद्वार कमला गुरुङकाे उम्मेद्वारी खारेज भएकाे निर्वाचन अधिकृत राजेन्द्र न्याैपानेले जानकारी गराउनु भयाे ।
गुरुङ्काे उम्मेद्वारी खारेज भएपछि याे निर्वाचन क्षेत्रमा १९ दलका १९ जना र २१ जना स्वतन्त्र उम्मेदवारकाे उम्मेदवारी कायम भएकाे छ ।