यहि माघ १७ गतेलाई तय गरिएकाे नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश अधिवेशन तत्काललाई स्थगित गरिएकाे छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनकाे आचारसंहिताका कारण प्रदेश अधिवेशन तत्काललाई स्थगित गरिएकाे नेपाल उद्याेग वाणिज्य महासंघ लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्माले बताउनु भयाे ।
उहाँका अनुसार निर्वाचन लगत्तै मिति तय गरेर महासंघकाे प्रदेश अधिवेशन गरिनेछ । महासंघले यहि माघ १७ गते महासंघकाे प्रदेश सभा तथा अधिवेशन गर्ने निर्णय सहित मातहतका जिल्ला नगर संघ तथा एशोसियट सदस्यहरुलाई पत्राचार गरिसकिएकाे थियाे । तर माघ ४ गतेदेखि निर्वाचन आचारसंहिता लागू भएकाे र प्रशासन र महासंघ समेतकाे परामर्शमा निर्वाचन पछि लगत्तै गर्नेगरि अहिलेलाई स्थगित गरिएकाे उहाँले बताउनु भयाे ।
नेपाल उद्याेग वाणिज्य महासंघ लुम्बिनी प्रदेश अध्यक्षमा बुटवल उद्याेग बाणिज्य संघले संघका निवर्तमान अध्यक्ष तथा नेपाल उद्याेग वाणिज्य महासंघका कार्यकारिणी सदस्य उज्ज्वलप्रसाद कसजूलाई अघि सारेकाे थियाे भने सिद्धार्थ उद्याेग वाणिज्य संघले निवर्तमान अध्यक्ष ठाकुरप्रसाद श्रेष्ठ र राेल्पा उद्याेग वाणिज्य संघले पूर्व अध्यक्ष किशाेर आचार्यलाई अगाडि सारेका थिए ।