राष्ट्रिय सभामा लुम्बिनीबाट काँग्रेसका घिमेरे र केसी तथा एमालेकी झाक्री निर्वाचित

1.3K

राष्ट्रिय सभामा लुम्बिनीबाट काँग्रेसका घिमेरे र केसी तथा एमालेकी झाक्री निर्वाचित

राष्ट्रिय सभा निर्वाचन अन्तर्गत लुम्बिनी प्रदेशबाट काँग्रेस र एमालेका उम्मेद्वार निर्वाचित भएका छन् । आइतबार भएकाे निर्वाचनमा अपाङ्गता समूहबाट नेपाली काँग्रेसका बासुदेव घिमिरे ‘जंगली’ ६ हजार ३२२ मतभारसहित विजयी हुनुभएकाे हाे । उहाँका निकटतम प्रतिस्पर्धी नेकपाका सर्जन विकले १ हजार ६०१ मतभार प्राप्त गर्नुभएकाे छ ।
त्यस्तै अन्य क्लस्टरतर्फ पनि काँग्रेसकै चन्द्रबहादुर केसी ५ हजार ९७७ मतभारसहित निर्वाचित हुनुभयाे । उहाँका प्रतिस्पर्धी माओवादी केन्द्रका बृहस्पति अधिकारीले १ हजार ८३२ मतभार प्राप्त गर्दा राष्ट्रिय जनमोर्चाका बमबहादुर खत्रीले १३३ मतभार प्राप्त गर्नुभयाे ।
त्यस्तै महिला क्लस्टरमा एमालेकी उम्मेदवार रामकुमारी झाँक्री ६ हजार ३ सय ३ मतभारसहित निर्वाचित हुनुभयाे । उहाँका प्रतिस्पर्धी नेकपाकी दुर्गा भण्डारीले १ हजार ३६२ मतभार प्राप्त गर्नुभयाे भने राष्ट्रिय जनमोर्चाकी पद्मा पण्डितले १४२ मतभार प्राप्त गर्नुभयाे ।