सैनामैना हत्याकाण्डको पर्दाफास, रुपन्देहीमा हत्यागरि फरार अभियुक्त हेटौडामा समातिए

1.3K

सैनामैना हत्याकाण्डको पर्दाफास, रुपन्देहीमा हत्यागरि फरार अभियुक्त हेटौडामा समातिए

finalबुटवल,माघ । फिल्मीशैलीमा घरमै आएर रुपन्देहीको सैनामैना १० शान्ति टोलका खगेश्वर काफ्लेलाई गोलि हानी फरार अभियुक्त पक्राउ परेका छन् । हत्यामा सम्लग्न तिनैजनालाई रुपन्देही प्रहरीले बुटवलमा बिहिबार पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको हो । माघ १९ गते मंगलबार साँझ पौने आठ बजेको समयमा ‘तपाईको महत्वपूर्ण चिठ्ठी आएको छ’ भन्दै घरकै ढोकामा बोलाएर खगेश्वरलाइ गोली हानि फरार भएका थिए । घटनामा सम्लग्न अभियुक्तहरु सैनामैना नगरपालिका १० का अर्जुन भनिने तुल्सी घिमिरे,सैनामैना १० का सन्दिप परियार र गुल्मी भुर्तुङ गाविसका वडा नं. ३ घर भई हाल सैनामैना १० मा बस्ने खिमा गिरी पक्राउ परेका हुन् ।
घटना घटे लगत्तै अनुसन्धान थालेको रुपन्देही प्रहरीले अभियुक्तहरुलाई हेटौडाबाट पक्राउ गरेको हो । ‘व्यक्तिगत रिसिइवीका कारण हत्या भएकोे अनुसन्धानबाट खुल्यो’ ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक महेन्द्र खड्काले भने ।अभियुक्त खिमा गिरी र बच्चु दास बीच झै झगडा हुदा खगेश्वरले आमा समुह तथा प्रहरीमा बोलाई छलफल गराउने गरेपछि व्यक्तिगत रिसईवीका कारण खगेश्वरको हत्या गरेको उनले बताए । खिमा बच्चु दासलाई छाडेर अर्जुन भनिने तुल्सी घिमिरे संग आएपछि उनीहरु बीच झगडा सिर्जना भएको थियो । बच्चुकी श्रीमती अर्जुन घिमिरेले लगेपछि खिमाका नाममा रहेको घर विक्रिका लागि खगेश्वरले पहल गर्दै आएका थिए ।

police final
घिमिरे संग खिमा आएपनि घर जग्गा भने खिमाका नाममा नै रहेको थियो । त्यहि रिसिवका कारण खिमा गिरी र उनको श्रीमान अर्जुन भनिने तुल्सी घिमिरेले ईख लिई हत्या गरेको बुझिएको छ । मोटरसाईकलमा आएका सन्दीप र अर्जुनले बाहाना बनाएर गोली प्रहार गरेका थिए । लु १५ प १६१ नंं को रातो पल्सरमा आएका दुई जना मध्ये अर्जुन भनिने तुल्सी घिमिरेले खगेश्वरलाई गोली हानेका हुन । सन्दिप परियार भने मोटरसाईकल स्टाट गरेरै भाग्नका लागि तयार अवस्थामा बसेका थिए । अर्जुन भनिने तुल्सी २०७० साल असोज १९ गते ईलाका प्रहरी कार्यालय सालझण्डीबाट लागु औषध कारोवारमा पक्राउ गरी रुपन्देही जिल्ला अदालतबाट १ बर्ष जेल भुत्तान गरी ०७१ सालमा छुटेका व्यक्ति हुन ।प्रहरीले घटनाको जानकारी हुन साथ ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक महेन्द्र खड्का ,ईलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरीक्षक सुवास खड्का,र जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरीक्षक बुद्धिराज गुरुङ र अनुसन्धान अधिकृत सहितको टोली परिचालन भएको थियो ।प्रहरीले उनीहरुको साथबाट मेड इन ययुएसए लेखिएको १ थान पिस्तोल, सोही पिस्तोलमा लाग्ने ८ राउण्ड गोली र तराई मुक्ति टाईगर लेखेको ४ थान पर्चा र मोटरसाइकल समेत बरामद गरेको छ । प्रहरीले अनुसन्धान जारी राखेको छ र उनीहरुलाइ कर्तब्य ज्यानमा मुद्धा अघि बढ्ने जनाएको छ ।