दुलाललाई कार्यवाहक मुख्य सचिवको जिम्मेवारी

1.3K

दुलाललाई कार्यवाहक मुख्य सचिवको जिम्मेवारी

नेपाली काँग्रेसले केन्द्रीय कार्यालयका सचिव कृष्णप्रसाद दुलाललाई कार्यवाहक मुख्य सचिवको जिम्मेवारी प्रदान गरेको छ । पार्टीका नवनिर्वाचित सभापति गगनकुमार थापाले मुख्यसचिव कृष्णप्रसाद पौडेलले दिएको राजीनामा स्वीकृत गर्दै सचिव दुलाललाई कार्यवाहक मुख्यसचिवको जिम्मेवारी दिनुभएको हो ।
२०७३ बैशाख ७ गते केन्द्रीय कार्यालयको मुख्य सचिवमा नियुक्त हुनु भएका पौडेलले पार्टीको विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएपछि यहि माघ ८ गते पदबाट राजीनामा दिनुभएको थियो ।
सभापति थापाले विधानको धारा २५ (१०), काँग्रेसको नियमावली, २०७६ को नियम ४६ (ग) र कर्मचारी विनियमावली, २०७९ को नियम १४ (क) बमोजिम सचिव दुलाललाई कार्यवाहक मुख्य सचिवको जिममेवारी दिइएको सचिव प्रकाश शर्माले जानकारी गराउनु भएको छ ।